कांग्रेस केन्द्रीय समिति बैठक शनिबार, नेविसंघको विधान पारित हुँदै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने भएको छ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसद पौडेलले केन्द्रीय समिति बैठक मंसिर १ गते २ बजे बस्ने जनकारी दिए। सानेपामा बस्ने बैठकमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान पारित गर्ने कार्यसूची रहेको पौडेलले जानकारी दिए।
नेविसंघको कार्यसमितिको थप सएको समयावधि मंसिर २ गते समप्त सकिँदै छ। यो विषयमा केही निर्णय हुनेछ। दुईवर्षे कार्यकालका लागि सङ्घको ११औँ महाधिवेशन विसं २०७३ भदौ २ गते भएको थियो।
बैठकले सङ्घको विधान पारित गरी १२औँ महाधिवेशन तय गर्न आवश्यक निर्णय लिने पार्टी कार्यालयले जनाएको छ।
यसबाहेक पार्टीको विधान संशोधन मस्यौदा सम्बन्धमा समेत छलफल हुने छ। काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीका संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ।