इजरायलका लागि राजदूत सिफारिस शाक्य को हुन् ?

इजरायलका लागि राजदूत सिफारिस शाक्य को हुन् ?

 काठमाडौं : कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरे। बैठकले  विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि सिफारिसलगायत निर्णय गरेको छ। 

बिहीबार सार्वजनिक निर्णय अनुसार पूर्वमन्त्री तथा पूर्वराजदूत नीलाम्बर आचार्य भारतका लागि आवासीय तथा अफगानिस्तान र भुटानका लागि गैरआवासीय नेपाली राजदूत नियक्तिका लागि सिफारिस भएका छन्।

पूर्वराजदूत उदयराज पाण्डे मलेसियाका लागि आवासीय तथा इण्डोनेसिया र ब्रुनाइ दारुसलामका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस भएका छन्। 

बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल–संयुक्त अरब इमिरेट्सका लागि आवासीय राजदूत र त्यसैगरी इजरायलका लागि डा. अञ्जान शाक्यलाई नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ। 

इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत  निरञ्जनकुमार थापालाई फिर्ता  बोलाउँदै सरकारले रिक्त स्थनमा डा. शाक्यलाई राजदूत सिफारिस गरेको हो। मन्त्रिपरिषद् निर्णय सार्वजनिक भएपछि शाक्यको चर्चा चुलिएको छ। 

को हुन् अञ्जान शाक्य ? 
ओली सरकारले इजरालयका लागि नेपाली राजदूतमा सिफारिस गरेकी शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छन्। शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा  निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ। 

सँगै उनले अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छन्। परराष्ट्र मामिलामा सक्रिय शाक्य नेपाल ओमेन च्याम्बरको अध्यक्ष भएरसमेत काम गरेकी छन्। 

सँगै उनले  ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’लगायत पुस्तकको सम्पादन गरेकी छन्। शाक्यसँग लामो समय पद्मकन्याा कलेजमा प्राध्याापन गरेको अनुभवसमेत छ। शाक्य चर्चित गायिका समेत हुन्। उनले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको चर्चित गीत आएकी छन्।  उनी नेपाल टेलिभिजनकी समाचार प्रस्तोतासमेत हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.