नेविसंघको म्याद थपिने

नेविसंघको म्याद थपिने

काठमाडौं : नेविसंघको म्याद फेरि थपिने भएको छ। मंसिर २ गते सकिने नेविसंघ कार्यसमितिको कार्यकाल थप्न कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ। भदौ २ मै दुईबर्से कार्यकाल सकिए पनि महाधिवेशन गर्ने गरी नेविसंघ अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद ३ महिना थपिएको थियो। तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि फेरि अवधि थप गर्न लागिएको हो।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेविसंघको विधान र म्याद थपको टुंगो केन्द्रीय समिति बैठकले लगाउने बताए। ‘अरु केही पनि एजेन्डा छैन, नेविसंघबारे मात्र छलफल हुन्छ’, उनले भने।

नेविसंघको महर नेतृत्वको कार्यसमिति विघटन गर्ने कि म्याद थप्ने कांग्रेसमा मतभिन्नता देखिँदै आएको छ। कांग्रेसमा एक पक्ष महाधिवेशन गराउने गरी तदर्थ समिति बनाउनुपर्ने पक्षमा छन् भने केही नेता टीका लगाएर आउने नयाँ समिति स्विकार्न नसकिने भन्दै विरोध गर्दै आएका छन्। ‘अधिवेशन त हुनैपर्छ। प्रतिस्पर्धाबाटै नेतृत्व आउनुपर्छ भन्ने हामीले स्थापित गर्नुपर्छ’, कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘अधिवेशनको खाका आउने गरी निश्चित समय दिएर अधिवेशन गराउनुपर्छ।’

नेविसंघ विघटनका विपक्षमा रहेका नेता जोशीले नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिए। ‘अहिलेको नेतृत्व असफल भइसक्यो। विधानअनुसार ३ महिना समय पनि पायो तर कार्यसमितिको बैठक बस्न सकेन’, उनले भने, ‘अध्यक्ष परिवर्तन गरेर उनको प्रतिस्पर्धीलाई अधिवेशन गर्ने जिम्मेवारीसहित बाँकी कार्यसमितिलाई निरन्तरता दिनुपर्छ।’

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले समूहले केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरेर तदर्थ समिति बनाइए समानान्तर समिति बनाउने चेतावनी दिएको थियो। त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाअनुसार फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएकाले त्यसअघि अघिवेशन सम्भव नरहेको नेविसंघका नेता बताउँछन्।

यसैबीच यसअघि कात्तिक २० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले तत्कालीन फोरम लोकतान्त्रिकको पार्टीगत संरचना एवं भ्रातृ संस्थाहरूको समायोजनसम्बन्धी प्रतिवेदन पेस गर्न उपसभापति निधिको संयोजकत्वमा समिति गठन गरेको थियो। आगामी बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो। ‘हामी काम गरिरहेका छौं, महासमिति बैठकअघि प्रतिवेदन तयार हुन्छ’, निधिले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.