साइडरसर्फको केक
सामान्यतया बर्थ डेमा केक काटिन्छ। नेपाली समाज पनि केक काट्ने मामलामा अछुुतो छैन। सहरी परिवेशमा त झनै केक काट्ने चलन बढ्दो छ। बर्थ डे नजिक आउन थालेपछि नानीहरू केक काट्न मरिहत्ते गर्छन्। केक बर्थ डेमा मात्र काटिन्छ भन्ने चाहिँ हैन।
खासमा, केक कस्तोकस्तो बनाउन सकिएला ? यसका डिजाइनहरू कस्तो हुुन सक्छन् ? हामीले देख्ने गरेजस्तो केक चारपाटे र गोलो मात्रै हुुन्छ कि अरु तरिकाले पनि बनाउन सकिन्छ ?
केक एकथरी मात्र हुुँदैन। यसको बनोट भिन्नभिन्न हुुन्छन्। नाताली साइडरसर्फको कलालाई नियाल्ने हो भने केकका बनोटबारे धेरै कुुरा थाहा पाउन सकिन्छ। साइडरसर्फ केक स्टुुडियोकी सहसंस्थापक हुुन्। त्यस्तै, ‘टेक्सस केक हाउस’ किको–होस्टसमेत हुुन्।
साइडरसर्फ अमेरिकन आर्टिस्टका साथै शिक्षिका पनि हुुन्। केक डिजाइनमा उनको विशेष क्षमता छ। विभिन्न थरीका केक बनाएर उनले थुुप्रै अवार्ड नै हात पारेकी छिन्। वास्तविक जस्ता लाग्ने केक बनाएर उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएकी छिन्। उनलाई विश्वकै ट्यालेन्ट केक आर्टिस्टको रूपमा लिइन्छ।
साइडरसर्फ केक स्टुुडियो अमेरिकास्थित टेक्ससमा छ। ‘केक स्टुुडियो’ नामकरण गरिएको यो पहिले बेकरी हाउस हो। यसले विभिन्न थरीका केक बनाउँछ। कुुनै–कुुनै केक हेर्दा त डरै लाग्छ।
हेर्दा वास्तविक मान्छेजस्तै लाग्ने केक निर्माण गरिन्छ। अन्य जनावरहरूको बिम्ब उतारिन्छ। परम्परागत रूपमा बनाइने बेकरीभन्दा यहाँ फरक आइटमहरू पाइन्छ।