सांसदलार्इ जथाभावी उपचार खर्च

सांसदलार्इ जथाभावी उपचार खर्च

काठमाडौं : संघीय संसद्का सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। फागुन २१ बाट संसद् बैठक प्रारम्भ भएयता सचिवालयमा उपचार खर्चका लागि सांसदका निवेदनका चाङ लागेका छन्।

सचिवालयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चका बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाइ छ। सत्तासीन नेकपाका राष्ट्रियसभा सांसद शान्तिकुमारी अधिकारीले सबैभन्दा बढी २ लाख २३ हजार ९ सय २९ रुपैयाँ उपचार खर्च लिएकी छिन्। सांसद अधिकारीले जेठ ३१ गते र भदौ २४ गते दुई पटक सचिवालयबाट उपचार खर्च लिएकी छिन्।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पनि उपचार खर्च लिएकी छिन्। नेकपासम्बद्ध दाहालले असार १३ गते सचिवालयबाट २ हजार ५ सय १५ रुपैयाँ उपचार खर्च लिएको सचिवालयको भनाइ छ। कांग्रेसका सांसद स्मृतिनारायण चौधरीले ५ पटक सचिवालयबाट उपचार खर्च लिएका छन्। चौधरीले जेठ १७ मा १२ हजार ३ सय, जेठ २८ मा ३ हजार, जेठ ३१ मा २ हजार ५ सय, असार १८ मा ३ हजार १ र भदौ १५ मा ३ हजार ५ सय रुपैयाँ उपचार खर्च लिएका छन्। ‘मस्तिष्कघात र प्यारालाइसिसको बिरामी हुँ,’ चौधरीले अन्नपूर्णसँग भने, ‘दिल्ली, काठमाडौंलगायत स्थानमा उपचार गराएँ। र त्यसकै बिलअनुसारको उपचार खर्च लिएँ।’

नेकपाका सांसदद्वय नवराज महत र मानबहादुर विश्वकर्माले तीनपटक उपचार खर्च बुझेका छन्। रावतले १३ हजार ९ सय र विश्वकर्माले ८ हजार ६ सय रुपैयाँ लिएका छन्। नेकपाका कविता बोगटी र घनश्याम खतिवडाले दुई पटक उपचार रकम बुझेका छन्।

राष्ट्रियसभा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले १५ हजार ९ सय र विकास समितिकी सभापति कल्याणी खड्काले ७ हजार रुपैयाँ लिएको सचिवालयको विवरणमा उल्लेख छ।

सांसद अगम बान्तवा राईले २ हजार ३ सय, आशाकुमारी विकले ४ हजार ५ सय, उमा रेग्मीले ९ हजार १ सय, उदय शर्मा पौडेलले ७ हजार २ सय, गजेन्द्रबहादुर महतले ५ हजार १ सय, नन्दा चपार्इंले ३ हजार ८ सय, नन्दलाल रोका क्षेत्रीले १५ हजार, प्रमिलाकुमारीले ७ हजार, प्रमिला राईले ३ हजार ५ सय र महेन्द्रकुमारी लिम्बूले १२ हजार २ सय रुपैयाँ उपचार खर्च लिएका छन। मीना बुढाले ४ हजार ८ सय, मैनाकुमारी भण्डारीले ७ हजार ७ सय, यज्ञबहादुर बोगटीले ८ हजार ८ सय, रंगमती शाहीले ५ हजार ४ सय, रेनुका गुरुङले २ हजार, रामचन्द्र राईले ४ हजार १ सय, लीलानाथ  श्रेष्ठले ३ हजार ३ सय र सीतादेवी यादवले ९ हजार ६ सय लिएका छन्।

संसद् सचिवालयले सांसद र कर्मचारीको उपचार खर्चका लागि यस वर्ष ८३ लाख रुपैयाँ बजेट छुट्याएको छ। त्यसमध्ये ३ लाख ९८ हजार खर्च भइसकेको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। गत वर्ष १ करोड १९ लाख ८० हजार बजेट विनियोजन भएकोमा २७ लाख ५३ हजार खर्च भएको थियो। सचिवालयभित्रै रहेको स्वास्थ्य इकाइको औषधि खरिदका लागि २० लाख बजेट विनियोजन गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.