सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु
मलंगवा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका १ आदर्श चौकमा बिहीबार ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा हरिवन नगरपालिका–९ का ६० वर्षीय कृष्ण घिसिङ र २१ वर्षीय विकास घिसिङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
हरिवनबाट बागमतीतर्फ जाँदै गरेको ज १ त ५५८९ नं. को ट्याक्टर पल्टिँदा गम्भीर घाईते भएका घिसिङद्वयलाई हरिवनमा सामान्य उपचार गरी थप उपचारका लागि भरतपुर लानेक्रममा बाटैमा मृत्यु भएकाे हो । मृत्यु भएका दुबैजनाको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो ।
दुर्घटनामा ट्याक्टरका चालक हरिवन नगरपालिका–९, का १९ वर्षीय रुद्र खड्का सामान्य घाईते भएका छन् । पराल ल्याउन जादैा गर्दा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।