सँगै घुम्ने फुर्सद छैन

सँगै घुम्ने फुर्सद छैन

स्वस्तिमा खड्का पछिल्लो समयकी निकै व्यस्त नायिका हुन्। उनको अभिनयको सिनेमा ‘जय भोले’ देशैभरि प्रदर्शनमा छ। ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतमा आफ्नो नृत्यसँगै कुशल अभिनयको चर्चाले उनलाई सिनेमा क्षेत्रमा व्यस्त बनायो। व्यस्तताले श्रीमान्सँग घुम्न पनि फुर्सद छैन रे।

उनीसँग अन्नपूर्ण शैलीका लागि अजवी पौड्यालको छोटो कुराकानीः


हाल केमा व्यस्त हुनुहुन्छ ?

भर्खरै दसैं, तिहार सकियो। चाडपर्वको समयमा आफू अभिनीत फिल्म लागेकाले अत्यन्तै व्यस्त रहेँ। तिहारलगत्तै नयाँ फिल्मको सुटिङ सुरु हुने भनिएको छ, त्यसको तयारी पनि गरिरहेकी छु। सुटिङ, डबिङ, प्रमोसन, प्रचार सँगसँगै परेकाले पनि व्यस्तता बढेको छ।

ब्याग बोक्न प्रायः छुटाउनुहुन्न है ?

हो नि। स-सानो भए पनि ब्याग बोकेरै हिँड्ने बानी छ।

ब्यागभित्र के के हुन्छ ?

मेकअपका सामान भरसक छुटाउँदिनँ। प्रायः चकलेट, एक दुइटा फलफूल पनि बोक्छु।

निकै स्लिम हुनुहुन्छ। जिम जानुहुन्छ ?

म स्वास्थ्यको सवालमा अत्यन्तै लापरवाह छु। जे भेट्यो, त्यही खाइदिन्छु। जिम जाने गरेकी छैन। प्राकृतिक रूपमै मेरो शरीर यस्तै हो। अहिलेसम्म मोटाएकी छैन।

मेकअप कत्तिको गर्नुहुन्छ ?

सकेसम्म मेकअप गर्न मन लाग्दैन। मेकअप गरेपछि ‘टच’ गर्न नहुने। अलि बढी ध्यान दिनुपर्ने हुँदा मेकअपमा म दिक्क मान्छु। मिटिङ तथा साथीहरूसँगको भेटघाटमा म बिना मेकअप नै देखिएकी हुन्छु। सन्ब्लक भने प्रायः छुटाउँदिन।

तपाईं कुन ब्रान्डको पारखी ?

मैले प्रयोग गर्ने सामान प्रायः विदेशबाट मगाउछु। फाउन्डेसन र लुज पाउडर म्याक कम्पनीको प्रयोग गर्छु। आईस्याडो र गाजलको कम्पनी भने चेन्ज गरिराख्छु। जुन मन पर्छ, त्यही किन्ने बानी छ।

श्रीमती, बुहारी अनि व्यस्त नायिका यी सबै जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ ?

घर र बाहिरको काम जुधेर मलाई केही अफ्ठ्यारो परेको छैन। परिवारका सदस्यले मैले घरमा काम गरोस् भनेर अपेक्षा पनि राख्दैनन्। त्यसैले, आफ्नो काममा पूरा समय दिन पाएकी छु। परिवारका सदस्यसँग समय बिताउन नपाउँदा भने दुःख लाग्छ।

पछिल्ला समयको फिल्ममा स्वस्तिमाको अभिनयमा के बदलियो ?

अभिनयको औपचारिक जानकारी नलिइकन यो क्षेत्रमा आएकी हु। नाच्ने र अभिनय गर्ने गर्दागर्दै केही कुरा सिक्ने र आफ्नो क्षमता निखार्ने कोसिस गरिरहेकी छु। बदलिएको कुरा त अभिनय गर्ने शैली नै हो।

तपाईंलाई मन पर्ने आफ्नै बानी ?

कुनै पनि काममा पूरा समय खट्ने गरेकी छु। जस्तो कि अहिले चलिरहेको ‘जय भोले’ प्रदर्शनका समयमा पनि निकै समय दिएँ। सबैलाई आफ्नो लगानीको चिन्ता हुन्छ नि। कुनै कामको लागि एउटा निश्चित समय छुट्ट्याएकी हुन्छु। त्यो समयभर त्यही काममा मात्र ध्यान दिन्छु। लामो समय एउटै काममा लाग्ने बानी छैन।

आफूले अभिनय गरेको फिल्म प्रदर्शनमा आउनुअघि डर लाग्छ ?

मलाई त्यस्तो डर चाहिँ लाग्दैन। तर कस्तो प्रतिक्रिया आउने होला भन्ने ख्याल गरेकी हुन्छु। आफूले गरेको काममा आजसम्म कुनै पनि मलाई मन परेको छैन। सधैं कमजोरी मात्र देख्छु, अर्को पटक सुधार्ने कुराहरू थाहा पाउँछु। कामको रिजल्टको बारेमा धेरै अपेक्षा पनि गर्दिनँ।

अभिनय पनि सिक्नुभा छ ?

म इन्जिनियरिङको विद्यार्थी हो। औपचारिक रूपमा अभिनयको क्लास भने लिएकी छैन। काम गर्दै सिक्दैछु।

निश्चलसँगको भेट ?

होस्टल रिटन्स फिल्मको सुटिङ सकेर बसेकी थिए। एउटा कार्यक्रममा उसँग भेट भएको थियो। पछि एकअर्कोलाई मन परायौं, अनि बिहे गरियो। फिल्मी करियर र बिहे सँगसँगै जस्तो भयो।

घुम्न कत्तिको जानुहुन्छ ?

खासमा कामले सँगै घुम्ने मौका नै मिलेको छैन।

फुर्सदको समय ?

स्विमिङ गर्न मलाई अत्यन्तै मन पर्छ। समय मिल्नासाथ स्विमिङ गैहाल्छु। यसले मलाई ऊर्जा दिन्छ। मुड फ्रेस बनाउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.