भलिबलकी आइडियल रेश्मा

भलिबलकी आइडियल रेश्मा

रेश्मा भण्डारी (२४) नेपाली महिला भलिबलमा स्थापित नाम हो। राष्ट्रिय टोलीकी सदस्य रेश्मा विगत ११ वर्षदेखि भलिबलमा रमाइरहेकी छन्। अग्लो कद, आकर्षक जिउडाल, गहुँगोरो अनुहार र खेल खेल्ने कलात्मक शैलीले उनलाई नेपालको चर्चित महिला खेलाडीका रूपमा स्थापित गराएको छ।

पुरानो नैकापमा रहेको न्यु डायमन्ड एकेडेमीमा पहिलो पटक बल छुँदा उनलाई खेलकुदका बारेमा नै केही थाहा थिएन। ६ कक्षामा पढ्दै गर्दा उनी अग्ली भएकैले न्यु डायमन्डका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले उनको हातमा भलिबल थमाए।

रेश्माले छोटो समयमै प्रगति गरिन्। उनले न्यु डायमन्ड एकेडेमीको टोलीबाट थुप्रै प्रतियोगिता खेलिन्। उनले मध्यमाञ्चलबाट छैटौं राष्ट्रिय प्रतियोगिता खेलिन्।

न्यु डायमन्डबाट एसएलसी दिएपछि २०६९ सालमा रेश्मा सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध भइन्। अहिले रेश्मा भण्डारी, सरस्वती चौधरी, नेविका चौधरी, उषा विष्ट, हीरा केसी, विनिता बुढाथोकी, मनीषा तामाङलगायतले एपीएफलाई नेपालकै नम्बर एक टोलीका रूपमा स्थापित गराएका छन्।

अझ त्यसमा रेश्माको भूमिका महŒवपूर्ण छ। उनी टोलीको अलराउन्डर खेलाडी हुन्। सट, ब्लक र डिफेन्स यी तीनै पक्षमा उनी सशक्त छिन्। न्यु डायमन्ड छाडेर एपीएफ पुगेकी रेश्माको टोलीले हरेकजसो प्रतियोगिताको उपाधिका लागि न्यु डायमन्डसँगै प्रतिस्पर्धा गर्दै आएको छ।

त्यसैले नम्बर एक टोलीको ताज जोगाइराख्न एपीएफसामु ठूलो चुनौती छ। रेश्मा भन्छिन् ‘हामीले हा¥यौं भनेर ठूलो मिडियाबाजी गरिन्छ। त्यसैले पनि हरेक दिन कडा ट्रेनिङ गर्दै आएका छौं।’

सन् २०१४ मा नेपालमै आयोजना भएको आमन्त्रण दक्षिण एसियाली खेलकुदका लागि नयाँ राष्ट्रिय टोली बनाइयो। त्यस टोलीमा रेश्मा, सरस्वती, नेविकालगायतले स्थान बनाए।

नेपाली युवाले श्रीलंकालाई पराजित गर्दै दोस्रो स्थान हात पार्‍यो। त्यसपछि माल्दिभ्समा आयोजना भएको वर्ल्ड क्वालिफिकेसन च्याम्पियनसिपमा नेपाली टोलीले दोस्रो स्थान हात पार्‍यो। यसैगरी भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा पनि नेपाली टोली तेस्रो भयो।

रेश्मा टोलीको अलराउन्डर खेलाडी हुन्। सट, ब्लक र डिफेन्स यी तीनै पक्षमा उनी सशक्त छिन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गरे पनि हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदलगायत थुप्रै प्रतियोगितामा पुरुष टोलीलाई मात्र सहभागी गराएकोमा भने रेश्मा दुःखेसो पोख्छिन्। ‘दक्षिण एसियामा हामी मेडलिस्ट टिम हौं।

पुरुष टोली अहिलेसम्म पदकको नजिक पुग्न सकेको छैन। तर, भलिबल संघले पुरुष टोलीलाई मात्र बढी प्राथमिकतामा राखेको छ’ रेश्मा भन्छिन्, ‘पुरुषलाई मात्र वैदेशिक प्रशिक्षणदेखि एक्सपोजर गराएर महिला खेलाडीमाथि अन्याय गर्ने काम भएको छ।’ भन्छिन्, ‘एसियाडलगायत ठूला प्रतियोगिता खेल्ने सबै खेलाडीको सपना हुन्छ।

हामी सक्रिय हुन्जेलसम्म अर्को प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने टुंगो हुँदैन।’ यसपालि राम्रो अवसर हुँदाहुँदै महिला खेलाडीमाथि विभेद गरिएको आरोप छ।

विगत ११ वर्षदेखि भलिबलमा समर्पित रेश्मा संघका यस्तै क्रियाकलापले गर्दा कहिलेकाहीँ खेलकुद नै छाडदिउँ कि भन्ने सोच आउने बताउँछिन्। ‘अहिलेसम्म केही पनि नसोची भलिबलमा मात्र लागियो।

खेलकुदमा लाग्दा न पढाइलाई राम्रो गर्न सकियो, न त अन्य क्षेत्रमा नै सोच्न भ्याइयो,’ उनी अहिलेसम्म खेलाडीबाहेक अरू केही नसोचेकाले भविष्यलाई लिएर चिन्ता लाग्न थालेको बताउँछिन्।

उनी नयाँ पिँढीलाई धेरै सोच विचार गरेर मात्र खेलकुदमा लाग्न सुझाव दिन्छिन्। ‘हामी त अञ्जानमै खेलकुदमा लाग्यौं। तर नयाँ पिँढीलाई एक पटक सोचेर मात्र खेलकुदमा लाग्न आग्रह गर्छु’ उनी भन्छिन् ‘हामीलाई त विभागीय टोलीले हेरेको छ। नियमित रूपमा पारि श्रमिक पनि पाएका छौं तर अरू खेलाडीलाई टिक्नै गाह्रो छ।’

आफूले अलराउन्डर भूमिका निर्वाह गरे पनि रेश्मालाई राम्रो खेलेँजस्तो लाग्दैन। तर धेरैले राम्रो खेल्योभन्दा खुसी लाग्छ। उनलाई परिवारबाट पनि सपोर्ट छ। पहिले स्कुलबाट खेल्दा परिवारले गाली गर्ने गरे पनि अहिले आमाबुवा नै खुसी छन्। भन्छिन्, ‘मेरो खेल हेर्न आमा धेरै पटक खेलस्थल पुग्नु भएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.