डिजाइनमा प्रबलको 'नेम र फेम'

डिजाइनमा प्रबलको 'नेम र फेम'

विश्वका फेसन आइकन प्रबल गुरुङ आफ्नो काम र प्रतिभाका कारण सधैं चर्चामा रहिरहन्छन्। मिचेल ओबामादेखि डेमी मोरे, ओफ्रा विनफ्री, बलिउड स्टार दीपिका पादुकोणसम्मले गुरुङले बनाएका आकर्षक पहिरन लगाएका छन्। अन्तर्राष्ट्रिय आइकन बन्ने सम्भवतः गुरुङ नै पहिलो नेपाली हुन्।

प्रबलको नाम लिनेबित्तिकै नेपालीको छाती गर्वले चौडा हुन्छ। अझै फेसन डिजाइनर बन्न चाहनेका लागि त उनी ठूलो ‘इस्पिरेसन’ नै हुन्। दुई हप्ताअगाडि छुट्टी मनाउन प्रबल नेपाल फर्किएका थिए। यसैबीच उनले आफ्नो फेसन डिजाइनका अनुभव बाँड्न चाहे।

‘अहिलेको विश्व फेसन बजार विविधता र समावेशितालाई बढी महत्व दिन्छ।’ उनले यसबारे निकै जोड दिँदै भने। पछिल्लो समय नेपाली फेसन छिमेकी राष्ट्रहरूबाट बढी प्रभावित भएकोमा उनी चिन्तित देखिन्थे। भन्छन्, ‘मलाई लाग्छ हाम्रो क्रिएटिभिटी पूरै विश्वबजारबाट प्रभावित हुन आवश्यक छ।’

उनले आफ्नो देश कुन अवस्थामा गुज्रिरहेछ भन्ने विषय पनि टुच्च जोडे। तर सँगसँगै भने, ‘मलाई थाहा छ हामी धेरै नेपाली केवल पैसा बनाउन लागेका छौं।’ प्रबलसँग धेरैले माग्ने सुझाव हो, ‘फेसेनेबल र डिजाइनर लुगा बनाउन के कुरामा ध्यान दिनुपर्छ ? ’ उनी भन्छन्, ‘डिजाइनर लुगा अवश्य पनि महँगो हुन्छ। तर त्यसको क्वालिटी छैन भने पैसा मात्र बढी लिएर कुनै अर्थ छैन।’

प्रबलको कुरा सुन्दा सामान्य लागे पनि विषय गम्भीर नै थियो। नेपाली फेसन बजार गुणस्तरमा अझै माथि उठ्नुपर्ने उनको आशय थियो सायद।

विश्वभरका सेलिबे्रटीहरू लालायित हुन्छन्। प्रबलको डिजाइनर आउटफिट पहिरिन। ‘मलाई सबैभन्दा राम्री देखिनु छ।’ यही सोचेर ती सेलिब्रेटी प्रबलकोमा धाउँछन्। भनिन्छ नि सुनमा सुगन्ध, प्रबलका डिजाइनर ड्रेस त्यस्तै हुन्छन्। ‘म मोर्डन लुगा बनाउँछु तर अत्ति मोर्डन होइन’,उनी भन्छन्, ‘महिलाहरू भद्दा देखिने आर्टटिस्टिक लुगा म कहिल्यै बनाउँदिनँ।’

एक पुरुष फेसन डिजाइनरको लागि महिलाको टेस्ट बुझ्न अत्यन्तै गाह्रो विषय हो। प्रबललाई पनि गाह्रो हुँदो रहेछ।

आफ्नो कामलाई लिएर प्रबलले कहिल्यै तनाव महसुस गर्दैनन् रे। तर आफू को हुँ भन्ने विषयमा सधैं सतर्क हुने गरेका छन्। ‘म आफूले आफैंलाई झुट बोल्दिनँ, उनले भने, ‘म मेरो परिचयप्रति विश्वस्त छु। जो जुन पेसामा रहे पनि आफ्नो फरक परिचय बनाउने र त्यसलाई कायम राख्नुस्।’

संसारको जुनसुकै ठाउँमा जाँदा पनि प्रबलले नेपालको पहिचानलाई सँगै डोर्‍याने गरेका छन्। भन्छन्, ‘मेरो कामसँगै मेरो देशको नाम पनि जोडिएर आउँछ। र, यो कुराले मलाई सधं कृतज्ञ बनाउँछ।’

एक पुरुष फेसन डिजाइनरको लागि महिलाको टेस्ट बुझ्न अत्यन्तै गाह्रो विषय हो। प्रबललाई पनि गाह्रो हुँदो रहेछ। तर भन्छन्, ‘म महिलाहरूको कुरा निकै ध्यान दिएर सुन्छु। उनीहरूको रुचि र चाहना बुझ्ने कोसिस गर्छु।’ प्रायः आफ्नो डिजाइनर आउटफिटमा उनी रातो रङको प्रयोग गर्छन्। ‘यो रङ मायाको प्रतीक पनि हो। यो रङप्रति मानिसको लगाव र कन्फिडेन्ट दुवै जोडिएको हुन्छ,’ उनी भन्छन्।

प्रबलले एउटा रमाइलो कुरा सुनाए। मलाई सबैले सोध्छन्, तपाई कसरी यत्ति पर्फेक्ट फेसन डिजाइनर बन्न सफल हुनु भो ? उनी सोध्छन्, ‘यो कस्तो प्रश्न हो ? कामप्रतिको आत्मीयताले म यो ठाउँसम्म आइपुगेको हुँ।’ आफूले जे चाह्यो, त्यो काम गर्न पाएकोमा र यही पेसामा खुसी भएको भन्दै उनी भन्छन्, ‘बाँकी नेम, फेम, मनी त सबै उडन्ते कुरा हुन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.