महिला राष्ट्रिय क्रिकेट टोलीले एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

महिला राष्ट्रिय क्रिकेट टोलीले एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले एक वर्षपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ। टोलीले थाइल्यान्डमा आयोजना हुने टीट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगिता खेल्न लागेको हो। नेपाली महिला राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को समन्वयमा थाइल्यान्डमा प्रतियोगिता खेल्न लागेको हो।

थाइल्यान्ड क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगिता पुस २४ गतेदेखि माघ ३ गतेसम्म आयोजना हुने छ। आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले प्रतियोगितामा नेपालको सहभागिताको समन्वय आईसीसीले गरेको जानकारी दिइन्। ‘आईसीसीले नै थाइल्यान्ड क्रिकेट बोर्डसँगको समन्वयमा नेपालले खेल्ने निर्णय गरेको हो’, घिमिरेले भनिन्, ‘अहिले खेल्ने निर्णय मात्रै भएको छ। अब चाँडै नै खेलाडी छनोटदेखि प्रतियोगिताको तयारी सुरु हुनेछन्।’ उनले प्रतियोगिताका लागि आगामी डिसेम्बरबाट खेलाडी छनोट र तयारी सुरु हुने बताइन्।

पछिल्लोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा गत सन् २०१७ को नोभेम्बरमा थाइल्यान्डमै आयोजना भएको टीट्वेन्टी विश्वकपअन्तर्गत एसियाली छनोट खेलेको नेपाली टोलीका लागि थाइल्यान्डको स्म्यास क्रिकेट प्रतियोगिता त्यसयताकै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता बनेको छ। प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, इन्डोनेसिया, म्यानमार, मलेसिया, भुटान, नामिबिया र थाइल्यान्डको दुई टोली सहभागी हुने छन्।

प्रतियोगिताको टाइसिटसमेत सार्वजनिक भइसकेको छ। समूह ‘ए’मा रहेको नेपालले समूहगत चरणको खेलमा यूएई, नामिबिया, मलेसिया र थाइल्यान्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.