कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक सुरु

कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक सुरु

काठमाडौं : आप्रवासी श्रमिकको हक हितका लागि साझा मुद्दा तय गर्न 'कोलम्बो प्रोसेस' को मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ।बैठकको उद्घाटन रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका छन्।

कोलम्बो प्रोसेस बैठकमा सहभागी हुन १२ देशका श्रममन्त्री नेपाल आएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा काठमाडौंमा सुरु भएको संयुक्त बैठक (कोलम्बो प्रोसेस)मा मन्त्रीहरू नेपाल आएका हुन्।

आईओएमले कोलोम्बो प्रक्रियाले ठोस योजना बनाउने विश्वास व्यक्त गरेको छ। 'कोलोम्बो प्रोसेसले आप्रवासन व्यवस्थापनमा सघाउ पुग्ने आइओएमले जनाएको छ। बैठकमा कामदारको हकहितका विषयमा छलफल हुनेछ। कामदार आपूर्ति गर्ने देशबीच कामदारको हकहितका लागि साझा एजेन्डा बनाउन छलफल हुनेछ। 

कोलम्बो प्रोसेसको बैठकले आप्रवासी कामदारको आर्थिक, सामाजिक सुरक्षा, आधारभूत अधिकार प्रत्याभूत र आपसी सहकार्य गर्न महत्र्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ। बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी भएका छन्। यी १२ देशबाट वार्षिक २५ लाखभन्दा बढी कामदार खाडी तथा मलेसियामा रोजगारी गर्न जान्छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.