जाडो समयमा तातो पानीले किन अनुहार धुनु हुँदैन ? यस्तो छ कारण

जाडो समयमा तातो पानीले किन अनुहार धुनु हुँदैन ? यस्तो छ कारण

काठमाडौं : जाडो सुरु हुँदैछ।यस्तो बेला स्वास्थ्यको ख्यालसँगै छालाको पनि विशेष हेरविचार गर्नुपर्छ।छालाको हेरचाह गर्न सकिएन भने विभिन्न छालाजन्य रोगले सताउने गर्छ। छाला शरीरको बाहिरी आवरण हो। यसले शरीर ढाक्ने काम गर्छ। त्यसैले यो स्वस्थ्य र सुन्दर हुनु आवश्यक छ।

सुन्दर छालाका लागि सन्तुलित खानपानको साथै सरसफाईमा विशेष ध्यान दिनुपर्छ। अझ जाडो मौसममा छाला सुख्खा र फुस्रो हुने गर्छ। यस्तो अवस्थामा छालाको विशेष हेरचाहको आवश्यकता पर्छ।

चिसोबाट जोगाउन हात गोडाको छालामा मोइश्चरराइजरयुक्त क्रिमको प्रयोग गर्दा राम्रो हुन्छ।त्यस्तै, जाडोमा अनुहारको छालाको पनि विशेष हेरचार गर्नुपर्छ। अनुहारको छालाका लागि बजारमा विभिन्न कम्पनीका क्रिम तथा लोसनहरु उपलब्ध छन्।तर, क्रिमको छनोट गर्दा गुरणस्तरमा ध्यान दिनुपर्छ।आफ्नो छाला सुहाउँदो क्रिस वा लोसनको प्रयोग गर्नुपर्छ।

जुनपायो त्यही क्रिम लगाउँदा त्यसले अनुहारको छालामा नराम्रो असर पुर्‍याउने मात्र होइन अनुहार नै कुरुप बनाउन सक्छ।छाला चम्किलो र सफा बनाउनेबारे पाँचवटा टिप्सहरु तल उल्लेख गरिएका छन्।

प्रशस्त मात्रामा पानी पिउने : कतिपय मानिसको तिर्खा मेटाउन मात्र पानी पिउने बानी हुन्छ। यसो गर्नु एकदम नराम्रो मानिन्छ।यसो गर्दा स्वास्थलाई बेफाइदा पुग्छ।शरीरमा पानीको अभाव हुँदा छाला सुख्खा हुने,चिलाउने र फुस्रो हुने समस्या देखापर्छन्।पानी कम मात्रामा पिउने मानिसको अनुहारको छालामा कान्ति नै आउँदैन।यसैले जाडो होस् या गर्मी प्रशस्त मात्रामा पानीका साथै झोलिलो पदार्थ खानुपर्छ।

मोइश्चराइजर को प्रयोग गर्ने : जाडोमा चिसोले गर्दा छाला सुख्खामात्र हुँदैन दादले पनि सताउने गर्छ।छाला सुख्खा हुनबाट बचाउन मोइश्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ।राति सुत्नुभन्दा अघि अनुहारको छालामा क्रिम लगाएर सुत्नुपर्छ।बिहानपख  पानीले अनुहार सफा गर्नुपर्छ।अनुहारमा घरेलु 'फेसप्याक' लगाउनुपर्छ।

चिसो पानीको प्रयोग गर्ने : जाडो मौसममा चिसोले सताउँछ। यस्तो अवस्थामा प्रायजसोले तातो पानीको प्रयोग गर्छन्।अनुहारमा तातोपानी प्रयोग गर्नु राम्रो हुँदैन। जाडोमा नियमित तातो पानी प्रयोग गर्दा छाला सुख्खा हुनेगर्छ। जसले गर्दा अनुहारको छालामा उमेर नपुग्दै चाउरी देखापर्छ। 

मेकअप कम गर्ने : अनुहार राम्रो देखाउन मेकअप गरिन्छ।तर मेकअप गर्दैमा अनुहार सुन्दर हुने होइन। एकछिनका लागि राम्रो देखिए पनि मेकअपले छालामा विभिन्न समस्या ल्याउन सक्छ।लामो समयसम्म गरेको मेकअपले अनुहारको चमक नै हराउँछ। यसकारण मेकअप गरेर अनुहार राम्रो बनाउने होइन अनुहार राम्रो बनाएर मेकअप गर्नुपर्छ।

नियमित सनस्क्रिनको प्रयोग गर्ने : कतिपय व्यक्तिले गर्मी समयमा मात्र सनस्क्रिन क्रिमको प्रयोग गर्छन्।गर्मीमा मात्र बढी पानी पिउने गर्छन्।तर यसो गर्नु राम्रो मानिदैन।जाडोमा पनि नियमित सनस्क्रिन क्रिम लगाउनुपर्छ।सनस्क्रिन क्रिमले घामबाट छालालाई हुने हानी रोक्ने काम गर्छ। जाडो मौसममा पनि बिहान उठ्ने वित्तिकै सनस्क्रिन क्रिम लगाउन बिर्सनु हुँदैन।

स्रोत : न्युज एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.