राजदूत थापालाई फिर्ता बोलाइएकोमा राप्रपाको आपत्ति

राजदूत थापालाई फिर्ता बोलाइएकोमा राप्रपाको आपत्ति

काठमाडौँ : वाम सरकारले इजरायलबाट राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनएको छ । 

पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले शुक्रबार एक वक्तब्य निकाल्दै राजदूत थापालाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । 

'नेपाल सरकारको हालै बसेको मन्त्रिपरिषद बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको निर्णय प्रति राप्रपाको ध्यान गम्भीररुपले आकृष्ट भएको छ', श्रेष्ठले भनेका छन्, 'लामो राजनीतिक र कुटनैतिक अनुभव संगालेका थापालाई राजदूत पदबाट फिर्ता बोलाउनुको कारण सरकारले प्रष्ट पारेको छैन ।'

बिनामापदण्ड राजदूत फिर्ता र नियुक्तिले कुटनीतिक असन्तुलन कायम हुने बताउँदै राप्रपाले सरकारको दम्भपूर्ण निर्णयको विरोध गरिने पनि जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत थापालाई फर्काएर इजरायलमा गायिका तथा सामाजिक अभियन्ता अञ्जान शाक्यलाई पठाउने निर्णय गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.