आईपीएल : करोडौँ मूल्यका यी खेलाडी बाहिरिँदा को को सुरक्षित भए ?

आईपीएल : करोडौँ मूल्यका यी खेलाडी बाहिरिँदा को को सुरक्षित भए ?

मुम्बई : इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनका लागि क्लबहरुले तयारी थालेका छन् । यसै क्रममा अघिल्लो सिजन खेलेका खेलाडी हटाउने या सुरक्षित राख्ने म्याद बिहीबार सकिएको छ । 

बिहीबार म्याद सकिँदासम्म नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले आगामी सिजनका लागि सुरक्षित गरेको छ।  किङ्स इलेभन पञ्जाबले अघिल्लो महिना हुने इन्डियन प्रिमियर लीगको लिलामी पहिले युवराज सिंहलाई टिमबाट हटाएको छ । 

अर्कातिर राजस्थान रोयल्सले पनि बायाँ हातका तीब्र गतिका बल र जयदेव उनादकटलाई यसै सालको सुरुमा ११.५ करोड रुपैयाँमा किनेको थियो । तर उनलाई पनि टिमले टिमले बाहिरको बाटो देखाइदिएको छ । 

दिल्ली डेयरडेभिल्सले अपेक्षा अनुसार गौतम गम्भीरलाई पनि टिमबाट बाहिरको बाटो देखाएको छ । अर्कातिर नेपाल लेग स्पिनर सन्दीप लामिछानेलाई भने दिल्लीले सुरक्षित गरेको छ । 

गम्भीरले सन् २०१८ को सिजनकै क्रममा खराब प्रदर्शन गरेपछि उनलाई प्लेइङ ११ बाटै हटाइएको थियो । भारतका लागि जुन २०१७ मा खेलेका युवराजलाई किङ्स इलेभन पञ्जाबले जनवरीमा भएको लिलामीका क्रममा दुई करोड रुपैयाँको आधार मूल्यमा किनेको थियो । 

क्रिस गेललाई पञ्जाबको टिमले दुई करोड रुपैयाँमा किनेको थियो । सन् २०१८ को सत्रमा राम्रो प्रदर्शन गरेपछि उनलाई यो पटक पनि पञ्जावले सुरक्षित गरेको छ । बिहीबार खेलाडीलाई सुरक्षित राख्ने अन्तिम मिति सकिएको छ । 

राजस्थान रोयल्सले उनादकटलाई बाहिरको बाटो देखाएको छ । अर्कातिर १० लाख डलर भन्दा धेरै राशिमा किनिएका बेन स्टोक्सलाई भने सुरक्षित गरेको छ। उसले  इङ्ल्यान्डका यी अलराउन्डरलाई १२.५ करोड रुपैयाँमा किनेको थियो । 

अर्कातिर सिनियर अस्ट्रेलियन ब्याट्सम्यान स्टीभ स्मिथलाई पनि क्लबले सुरक्षित राखेको छ । जसले निलम्बनका कारण सन् २०१८ को आईपीएल खेल्न पाएका थिएनन् । उनादकटका अलावा रोयल्सले अनुरित सिंह, अंकित शर्मा र जतिन सक्सेनालाई बाहिरको बाटो देखाएको छ। .

सनराइजर्स हैदराबादले घाइते ऋद्धिमान साहाका साथै वेस्टइन्डिजका टी-२० कप्तान कार्लोस ब्रेथवेटलाई पनि बाहिरको बाटो देखाएको छ । गम्भीरका अलावा दिल्लीले जेसन रोय, जुनियर डाला, लियाम प्लङ्केट, मोहम्मद सामी, सयान घोष, ड्यानियल क्रिस्टियन, ग्लेन म्याक्सवेल, गुरकिरत सिंह मान र नमन ओझालाई पनि टिमबाट हटाइदिएको छ । 

दिल्लीले कप्तान श्रेयस अय्यर, ऋषभ पन्त, अमित मिश्रा, सन्दीप लामिछाने र पृथ्वी शालाई सुरक्षित गरेको छ। पृथ्वी र सन्दीपले अघिल्लो आईपीएलमा डेब्यु गरेका थिए । 

मुम्बई इन्डियन्सले १८ खेलाडीलाई आफूसँगै राखेको छ । तर केही शीर्ष अन्तर्राष्ट्रिय खेलाडीहरु जेपी डुमिनी, तीब्र गतिका बलर प्याट कमिन्स र बंगलादेशका मुस्ताफिजुर रहमानलाई बाहिरको बाटो देखाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.