कांग्रेस अब चुप लागेर बस्दैन : नेतृ खतिवडा

कांग्रेस अब चुप लागेर बस्दैन : नेतृ खतिवडा

कालिकोट : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघ केन्द्रीय महासचिव धना खतिवडाले वर्तमान सरकारको गतिविधिप्रति आक्रोश व्यक्त गरेकी छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेकी खतिवडाले शुक्रबार पार्टीको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रियालाई सम्बोधन गर्दै भनिन्, ‘अब कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्मै सशक्त प्रतिपक्षको भुमिका खेल्ने छ ।’

सरकारका कामप्रति आफूहरु असन्तुष्ट रहेको भन्दै कांग्रेस अब चुप लागेर नबस्ने उनको भनाइ छ । अपराधीलाई कारवाही गर्न असफल भएको भन्दै सरकारप्रति उनी आक्रोशित बनेकी थिइन् । कन्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई कारवाही गर्न सरकार असफल भएको बताउँदै यसमा सरकार जिम्मेवार बन्न नसकेको बताइन् ।

साथै सरकारले मुलुकमा अपराध र दण्डहिनता बढ्दा पनि केही गर्न नसकेको उनको गुनासो थियो । न्यायको लागि नागरिक उठ्दा पनि सरकार उनीहरुलाई दमन गर्न लागेकोले अब आफ्नो पार्टी कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिइन् ।

यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले उठाउँदै आएको समृद्धको नारालाई नेतृ खतिवडाले ‘जनताको आँखामा छारो’को संज्ञा दिएकी छन् । उनले भनिन्, ‘दुई तिहाई बहुमतको सरकारले मुलुकको विकास निर्माण र जनजीविकाका सवालमा ठोस कदम चाल्नुको साटो दुई तिहाइको दम्भ देखाएर नागरिकमाथि दमन गर्दै आएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.