‘प्रधानमन्त्रीमा शक्तिको उन्माद, जंगबहादुर र हिटलर जस्तै बन्न खोजे’

‘प्रधानमन्त्रीमा शक्तिको उन्माद, जंगबहादुर र हिटलर जस्तै बन्न खोजे’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । 

‘प्रधानमन्त्रीले काम भन्दा बढी कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो’ केसीले भने, ‘प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर बन्ने आकांक्षा तीव्ररुपमा विकसित भएको छ। ’

शुक्रबार रिपोर्टर्स क्लब नेपालकोे साक्षात्कारमा नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी बताए । ‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो’, केसीले भने, ‘तर, अहिले काम गर्न सकेको छैन । अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ ।’

साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहात केन्द्रित गरेकोमा पनि आपत्ति जनाए । 

‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो त ? वृद्धभत्ताको कुरा उठाउँदा–उठाउँदै म त थाकिसकें । सत्तामा आउनुभन्दा पहिले ओली र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो’, केसीले भने, ‘तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बूढीगण्डकी परियोजना बिनाप्रतिष्पर्धा दिइयो ? वाइडबडीको विवाद त्यस्तै छ । साढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकालाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ?’

केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भएपनि जरैकिला उखल्नेगरि काम गर्न वर्तमान सरकारलाई केले रोक्यो भनेर प्रश्न गरे । त्यस्तै सरकारले सिण्डिकेटको अन्त्य गरेको भनेपनि अहिलेसम्म नतोडिएको उनको आरोप छ । उनले भने, ‘सरकारले जुनतारा झार्ने कुरा गर्छ । तर, काम भने शून्य छ ।’ 

पञ्चायतमा जस्तो अहिले नागरिकलाई सूचनाको हकबाट बञ्चित गराउने गरी मन्त्रिपरिषद बैठकका निर्णयहरु लुकाउने काम यो सरकारले गरेको भन्दै केसीले कडा आपत्ति जनाए । 

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ११२ दिन भइसक्दा पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको बताए । ‘निर्मलाका बुवाआमा अनशन बस्नुभएको छ । उहाँहरु विरामी पर्नुभएको छ । तर, सरकारले हत्यारा पत्ता लगाउन सकेन्’, उनले भने, ‘निलम्बित एसपीले आफूले त आईजीपीको निर्देशन मानेको हुँ भनेर बोलेको कुरा सनुेको छु, सरकारको लागि अपराधी किन ठूलो भएको हो ?’

मुलुकमा पछिल्लो समय बलात्कार, हत्या, भ्रष्टाचार, महँगी र मुल्यवृद्धिले चरम सीमा नाघेको अवस्थामा सरकार भने मुकदर्शक भएर बसेको उनको आरोप छ । ‘सरकार त आफ्ना आफन्तहरुलाई विभिन्न पदमा नियुक्ति गर्न लागिपरिरहेको छ’, उनले भने, ‘हुन त यो सरकार ५ वर्षको लागि हो । तर, यो पछिल्लो ९ महिनाको काम हेर्दा पूर्ण रुपमा असफलतातर्फ उन्मुख छ । अझै सरकारको अग्निपरीक्षा बाँकी नै छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.