परराष्ट्रमन्त्री ज्ञवाली शनिबार जापान जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली शनिबार जापान जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार जापान जाँदै छन्। ज्ञवाली जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा मङ्सिर १ अर्थात् शनिबार जापान जान लागेका हुन्।

जापानबाट फर्किने क्रममा ज्ञवालीले मङ्सिर ६ र ७ गते थाइल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री ज्ञवालीसँगै पत्नी सरस्वती ज्ञवाली जापान जाँदै छिन्। 

मङ्सिर ३ गते नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर हुनेछ। 

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने छन्। नेपाल लगानी कार्यशालालाई उनले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् भने जापानमा रहेका नेपालीसँग छलफल गर्नेछन्।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, अर्थ र परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका उच्च अधिकारी छन्। मन्त्री ज्ञवाली मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्किने छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.