गण्डकी प्रदेश र चीनको हाइनानबीच मितेरी सम्बन्ध : २० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

गण्डकी प्रदेश र चीनको हाइनानबीच मितेरी सम्बन्ध : २० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

पोखरा : गण्डकी प्रदेशका २० जना विद्यार्थीलाई चीनको हाइनान प्रान्तले पूर्ण छात्रवृत्तिमा प्राविधिक पढाउने भएको छ। दुई प्रदेशबीच शुक्रबार मितेरी सम्बन्ध जोड्दै उक्त समझदारी भएको हो। 

४ वर्षे डिप्लोमा पढ्न प्रत्येक वर्ष ४ जनाका दरले गण्डकी प्रदेशका विद्यार्थी पठाउनेसहितका ७ बुँदे समझदारी भएको छ। मितेरी साइनो गाँस्ने समझदारीपत्रमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सु जुनले हस्ताक्षर गरे। 

यो सम्बन्धले २ प्रदेशको आर्थिक समृद्धिको ढोका खोल्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए। ऊर्जा, प्राविधिक शिक्षा, वाणिज्य र व्यापार तथा सांस्कृतिक विकास र प्रवद्र्धनका समझादारी दुई प्रदेशबीच भएको पनि उनले सुनाए। 

गण्डकी प्रदेशले स्थापना गर्ने भनेको प्राविधिक महाविद्यालयका लागि हाइनानले सघाउनेबारे यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उक्त प्रान्तको भ्रमण गएका बेला सहमति भएको थियो। मन्त्री बस्नेतले त्यसबारे पनि छिटै उपलब्धि देखिने जानकारी दिए। 

गण्डकीसँग मित लगाउन आएको चिनियाँ प्रतिनिधि मण्डलकै एक टोलीले मुस्ताङमा सौर्य ऊर्जा उत्पादनको अध्ययन गर्न शनिबार त्यता जाँदैछ। प्रदेशमै सौर्यऊर्जाको सबैभन्दा धेरै सम्भावना मुस्ताङ र मनाङमा देखिएको हुँदा त्यहीं चासो राखेको गण्डकी प्रदेश सरकारका अधिकारी बताउँछन्।
 
गण्डकीको राजधानी पोखरा र हाइनान राजधानी हाइकावो नगरबीच पनि मितेरी सम्बन्ध स्थापित भएको छ। पोखराकी उपमेयर मञ्जुदेवी गुरुङ र हाइकावोका उपाध्यक्ष फान जोङ्लीबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.