ए डिभिजन लिग : दोस्रो चरणको खेल आजबाट

ए डिभिजन लिग : दोस्रो चरणको खेल आजबाट

काठमाडौं : दसैंपछि रोकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो चरणको खेल शनिबारबाट सुरु हँुदै छ। दोस्रो चरणको पहिलो खेलमा शनिबार साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम एनआरटीसँग भिड्दै छ भने दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्दै छन्।

दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ। पहिलो चरणको खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ गोलले पराजित गरेको मनाङ अंकतालिकाको शीर्ष स्थानमा छ। आर्मीसँग २–२ गोलको बराबरीमा रोकिएको एनआरटी भने एक अंकका साथमा अंकतालिकाको नवौं स्थानमा छ।

शनिबार एकअर्काविरुद्ध मैदानमा उत्रँदा मनाङले आफ्नो जितको लयलाई कायम राख्ने प्रयास गर्नेछ भने एनआरटीले पहिलो जितको योजना बनाउनेछ।

शुक्रबार एन्फाले गरेको खेलअघिको पत्रकार सम्मेलनमा एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले मनाङसँग प्रतिस्पर्धात्मक खेल हुने बताए। उनले आफ्नो टोलीले हालै मोफसलमा प्रतियोगिता खेलेर आएको र युवा खेलाडी उत्साहित देखिएकाले पनि मनाङविरुद्ध एनआरटीले राम्रो प्रदर्शन गर्ने बताए।

‘हामी पहिलो खेलमा आर्मीविरुद्ध सशक्त प्रदर्शन गर्दा पनि अनावश्यक रूपमा पेनाल्टी बेहोर्न पुग्दा पराजित हुन पुग्यो। सो पेनाल्टीका बारेमा दिएको उजुरीका बारेमा पनि एन्फाले अहिलेसम्म कुनै निर्णय गरेको छैन’, प्रशिक्षक मुल्मीले भने, ‘मनाङविरुद्ध पनि सशक्त प्रदर्शन गर्नेछौं। नियमित अभ्यास भइरहेको छ। हालै मोफसलमा पनि प्रतियोगिता खेलेर आएका छौं। खेलाडीहरू उत्साहित छन्। त्यसैले मनाङविरुद्ध प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरेको छु।’

एन्फाको ‘प्रिम्यान कन्फरेन्स’मा मनाङका प्रशिक्षक भने उपस्थित भएनन्। शनिबार हुने दोस्रो खेलमा पनि आर्मी र च्यासलले जितकै लागि प्रतिस्पर्धा गर्नै छन्। दुवै टोलीमा राष्ट्रिय टोलीका स्टार खेलाडीको उपस्थिति रहेकाले खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि च्यासलविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताए। ‘पहिलो चरणको खेललाई हेर्ने हो भने कुनै पनि टोलीलाई कमजोर आक्न मिल्दैन। सबै बलिया छन्। पहिलो चरणको खेलमा हामीले आफ्नो खेल खेल्न सकेनौं। यद्यपि च्यासलविरुद्धको खेलका लागि हामीले आफ्नो तयारी पूरा गरेका छौ’, प्रशिक्षक न्यौपानेले भने, ‘योजनाअनुसारको खेल भयो भने हामी तीन अंक लिन सक्षम हुनेछौं।’

उनले च्यासल पछिल्लो समय लयमा देखिएकाले उसलाई कमजोर आक्ने गल्ती आफू र आफ्नो टोलीले नगर्ने बताए। हालै सम्पन्न राइनो कप फुटबल प्रतियोगिताको उपाधि जितेर फर्किएकाको च्यासलले आर्मीविरुद्ध सशक्त प्रदर्शन गर्ने अनुमान गरिएको छ। शुक्रबारको पत्रकार सम्मेलनमा च्यासलका प्रशिक्षक पनि अनुपस्थित थिए। पहिलो चरणको खेलमा बराबरी खेल्दै एक÷एक अंक सुरक्षित गरेका आर्मी र च्यासल क्रमशः छैटौ र सातौं स्थानमा आसीन छन्।

शनिबारको खेल

मनाङ मर्स्याङ्दी क्लबविरुद्ध न्युरोड टिम एनआरटी

(बिहान ११ बजे, हल्चोक मैदान)

त्रिभुवन आर्मी क्लबविरुद्ध च्यासल युथ क्लब

(दिनको २ः३० बजे, हल्चोक मैदान)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.