अर्जेन्टिना सजिलै विजयी, नेमारको पेनाल्टीमा ब्राजिलको जित
काठमाडौँः अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकाका दुई महारथि अर्जेन्टिना र ब्राजिल विजयी भएका छन् । शनिबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई १–० ले हरायो । उसलाई जिताउन प्रमुख स्ट्राइकर नेमारले खेलको ७६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे ।
उता अर्जेन्टिनाले मेक्सिकोमाथि २–० को सहज जित निकालेको छ । स्टार खेलाडीहरु लियोनेल मेसी, सर्जियो एग्युएरो, एन्जेल डि मारिया र गोन्जालो हिगुइनबिना मैदानमा उत्रिएको अर्जेन्टिनाले पहिलो हाफमा १ गोल गर्यो भने दोस्रो हाफमा आत्मघाती गोल उपहार पायो
अर्जेन्टिनाका लागि खेलको ४४ औँ मिनेटमा रामिरो फ्युनेस मोरीले हेडमार्फत् गोल गर्दै अग्रता दिलाए । त्यसपछि खेलको ८३ औँ मिनेटमा पाएको फ्रि किकलाई अर्जेन्टिनाले गोलमा परिणत गर्यो
अर्जेन्टिनाको तर्फबाट पाउलो डिबालाले हानेको फ्री किक बल अर्का खेलाडीले हेडमार्फत् जालीको दिशा देखाउँदा मेक्सिकोका खेलाडी इशाकलाई छुँदै जाली चुम्न पुगेको थियो ।