नेपाल आइडलको लोक विशेष इपिसोड : जसले सिंगो नेपालको प्रतिनिधित्व गर्‍यो

नेपाल आइडलको लोक विशेष इपिसोड : जसले सिंगो नेपालको प्रतिनिधित्व  गर्‍यो

काठमाडौं  : लोकगीत हरेक नेपाली र समुदायको परिचय हो । आमजनजीवनका कथाव्यथा भाकामा समेटिने हुनाले लोकगीतलाई समाजको गीत पनि भनिन्छ । यसैले पनि होला, तपाईंहामी सबैलाई लोकगीत मन पर्छ । गाउँगाउँ पुगेर, घुमेर संकलन गरिने लोकगीत समाजको ऐना पनि हो ।

नेपाल आइडलको बिहीबारको इपिसोड लोकगीत विशेष रह्यो । नेपाल आइडलको इतिहासमा सबैभन्दा बढी रुचाइएको उक्त इपिसोडमा प्रस्तुत गीत र भाकाले समग्र नेपालको प्रतिनिधित्व गरेको थियो ।

उत्कृष्ट आठजना प्रतियोगीको प्रस्तुतिमा कतै खोट थिएन । सबैले आफूलाई अब्बल साबित गर्न भरपूर कोसिस गरेका थिए । ‘घुम्तीनेर लेट भयो, सानु मायालाई बाटैमा भेट भयो’ लोकगीतलाई क्रिसल कँडेलले आफ्नो आवाजमा समेटेका थिए ।

सुदूरपश्चिमेली चर्चित भाकामा ‘कालीको माया’ बोलको देउडा गीत गाउँदै रवि ओडले सबैको छोए । उनले लगाएको ड्रेसले पनि स्थानीयपन झल्काएको थियो ।

अस्मिता अधिकारीले बिहीबार धेरै राम्रो गाइन् । हरेकको मनमा गुञ्जिरहने धर्मराज थापाको आवाजमा रहेको ‘हरियो डाँडामाथि’ बोलको गीत उनले प्रस्तुत गरिन् । शब्दलाई आवाज चाहिन्छ, सुमधुर लय चाहिन्छ । जसमा आवाज र लय मिलाउन सक्ने खुबी छ, दमदार प्रस्तुति उसैको हुन्छ । अस्मिताको प्रस्तुतिमा नेपाल आइडलका सबै जज झुमिरहेका थिए । दर्शक लगातार ताली पिटिरहेका थिए ।

त्यस्तै सुमित पाठकले ‘झम्के गुलेली’ बोलको गीत गाए । बाख्रा चराउने गोठालेको ड्रेसमा उपस्थित उनको प्रस्तुति निकै दमदार थियो । नीलिमा थापाले ‘चञ्चले रैछ तिम्रो त्यो बानी’ बोलको गीत गाएर सबैको सहानुभूति पाइन् । शुक्रबारको कार्यक्रममा स्वास्थ्यमा समस्या देखिएकाले उनी उपस्थित हुन सकिनन् । विक्रम बरालले सालैज्यो भाका गुनगुनाएर कार्यक्रमको रौनक बढाए । पवन गिरीले खानी खोला, बाँचेमा भेट होला बोलको गीत गाएका थिए । ‘तानसेन घमाइलो, जता माया छ, त्यतै रमाइलो भन्दै सारंगीको साथमा देखा परे सुमित पाठक ।

प्रतियोगी मञ्चमा एकैसाथ उपस्थित हुँदा यस्तो लाग्थ्यो, मानौं सारा नेपाल यहीँ उभिएको छ । उनीहरू सबैले फरकफरक जातजाति र समुदायको प्रतिनिधित्व हुने पहिरन लगाएका थिए । जजहरू पनि परम्परागत पहिरनमा थिए । सम्पूर्ण नेपाल र नेपाली लोकभाकालाई कार्यक्रमले स्थान दिएकोमा नेपाल आइडलले सबै दर्शकको स्वाबासी पाएको थियो । बिहीबारको लोकगीत विशेष नेपाल आइडलमा सबैले धमाकेदार प्रस्तुति दिए ।

किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ

नबोलेरै जति हेर्छाै उति हिस्सी लाग्छ ।

मवीवि शाहको शब्द रहेको यो गीतमा गुलाम अलीको स्वर छ । गीतमा संगीत भरेका छन् दीपक जंगमले । कुनै बला मुखैमा झुन्डिरहने गीत रवि ओड र विक्रम बरालले गुनगुनाउँदै शुक्रबारको नेपाल आइडलको ढोका खोले । निकै सुमधुर स्वरमा गीतको अन्तरा उठाउँदै गर्दा कार्यक्रममा उपस्थित भएका दर्शकले उठेर ताली मारेका थिए । कार्यक्रममा गेस्टको आसनमा उपस्थित थिए, वरिष्ठ संगीतसाधक दीपक जंगम । उनी नौ वर्षको उमेरमा नै आफ्नै संगीत र सुरमा गीत प्रसारण गराएर नेपाली सांगीतिक आकाशमा उदाएका हुन् । नेपाली सुगम संगीतका बलियो खम्बाका रूपमा रहेका जंगमले कार्यक्रमका प्रस्तुतिमा खुलेर प्रशंसा गरेका थिए ।

‘पहिलो जुनीमा’ बोलको गीतको टुक्का उठाउँदै मञ्चमा प्रवेश गरे पवन गिरी र सुमित पाठक । जस्तोसुकै स्वरमा पनि आफूलाई फिट राख्न सफल यिनीहरूले यो गीतमा पनि खुलैरै प्रशंसा कमाए । नारायणगोपालको स्वरमा रहेको ‘हिमाल सरी’ बोलको गीतमा अस्मिता अधिकारी र विक्रम बरालले आवाज दिए ।

कोहीभन्दा कोही कम छैनन् । सबैको साझा सपना हो नेपाल आइडल सिजन टु को विजेता बन्नु । गायकी कसैको बिग्रने त कुरै छैन । सबै प्रतियोगीले धमाकेदार प्रस्तुति दिन्छन् । सदाबहार सुमधुर संगीत ‘ऋतुहरूमा तिमी’ बोलको गीतमा रवि ओड र अमित बरालले स्वर दिएका थिए ।

हेर्नोस पूरा इपिसोड ः

कार्यक्रमको अन्त्यमा सुमित पाठक र क्रिसल कँडेलले ‘गाजलु ती ठूला ठूला आँखा’ बोलको बहुचर्चित गीतमा आवाज दिए । प्रत्येक आफूलाई अब्बल साबित गर्ने कोसिसमा थिए । कार्यक्रममा सबैको प्रस्तुति बेजोड थियो । लामो समयदेखि उनीहरू गीतसंगीतमा उत्कृष्ट नतिजा ल्याउन संघर्षरत छन् । कसैले भन्न सक्ने स्थिति छैन, गीतसंगीतको यो महान् दौडमा कसले बाजी मार्छ ।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु गरिएको हो । नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन् । कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन् ।

बाहिरिए क्रिसल

‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु । नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन् ।’ क्रिसलले आफू इलिमेट भएको सुन्नासाथ व्यक्त गरेको यो भनाइले सबैको आँखा रसाएका थिए ।

प्रतियोगिता भएकाले एकले जित्न अर्कोले हार्नैपनै नियम हुन्छ । यही नियम पछ्याउँदै कँडेल आइडलबाट बाहिरिए । जीवनभर गीतसंगीतमै लाग्ने प्रण गर्दै आगामी दिनमा अझ बढी मेहनत गर्ने वाचा गरे उनले । नेपाल आइडलजस्तो राम्रो प्लेटफर्म पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झँदै उनले नेपाल आइडल कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा सबैभन्दा साना उमेरका कँडेल सबै खालका गीतमा स्वरको जादु चलाउँछन् ।

धादिङबेँसीका क्रिसल सानैदेखि गीत गाउने रुचि राख्थे । पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका क्रिसलले रेडियोमा गीत सुनेरै गीत गाउने सीप सँगालेका थिए । घरमा हुँदा उनका दाइले पनि गीत गाउने गर्थे । गीत सुन्दै गर्दा जस्तो सुन्यो त्यस्तै गाउने कोसिस गर्छन् उनी । सांगीतिक यात्राको पहिलो गुरु नै रेडियोले बजाउने गीत रहेको उनी बताउँछन् ।

दैनिक ५÷६ घण्टा संगीतको रियाज गर्ने क्रिसल संगीतलाई कुनै परिभाषाले समेट्न नसकिने बताउँछन् । भन्छन्, ‘संगीत सागर हो, थोरै भए पनि पिउन सके भने पुग्छ मलाई ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.