नेकपा संसदीय दलकाे कार्यालय एकै ठाउँमा

नेकपा संसदीय दलकाे कार्यालय एकै ठाउँमा

काठमाडौं : एमाले र माओवादी एकीकरणको ६ महिनापछि संसदीय दलको कार्यालय एकै ठाउँमा राखिने भएको छ। यसका लागि सत्तासीन नेकपाले प्रक्रिया थालेको छ। गत जेठ ३ गते दुई पार्टी एक भएर संघीय संसद्मा एकै ठाउँमा बसे पनि दलको कार्यालय भने फरक फरक ठाउँमा रहँदै आएको छ। अब भने सबै पदाधिकारीको कार्यालय तत्कालीन एमालेको कार्यालयमै व्यवस्थापन गर्ने गरी काम थालिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।

तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय हालको राष्ट्रियसभा सचिवालय भवनमा छ। तत्कालीन माओवादी केन्द्रबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राष्ट्रियसभा सदस्य दीनानाथ शर्माको कार्यालय तत्कालीन एमालेको संसदीय दल परिसरमा सार्ने प्रक्रिया सुरु भएको छ। ‘संसदीय दलबाट एकताको सन्देश दिँदै छौं’, नेकपा संसदीय दलका उपनेता नेम्बाङले भने।

प्रतिनिधि र राष्ट्रियसभामा दलका पदाधिकारीका कार्यालय एउटै परिसरमा राखेर संयुक्त रूपमा राख्दा पार्टी सञ्चालनमा सहज हुने नेताहरू बताउँछन्। नेकपाको यस निर्णयपछि संसद् सचिवालयले कार्यालय व्यवस्थापनको काम सुरु गरेको छ। तत्कालीन एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रयोग गरेको कार्यालय गुरुङका लागि दिने तयारी गरेको छ। तर, उनले उक्त कार्यालय उपयुक्त नभएको भन्दै अन्तै व्यवस्था गर्न नेतृत्वसँग माग गरेका छन्।

गुरुङ र राष्ट्रियसभा दलका नेता शर्माका लागि एमाले दल परिसरका केही कोठा खाली गराइएको संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईलाई पनि एमाले परिसरमै कार्यालयको व्यवस्थापन भइरहेको छ। ‘पार्टी एकता भए नेताहरू पूर्ववत् स्थानमै जाँदा एकताको महसुस भएन’, नेकपाका एक सांसदले भने, ‘अब भने सबै जना घुलमिल हुने अवस्था सिर्जना हुनेछ।’

लेबी मिलानसमेत हुने

तत्कालीन एमाले र माओवादी केन्द्रका सांसदले पार्टीलाई फरक फरक लेबी तिर्ने गरेकोमा एकरूपता ल्याइने पनि नेता नेम्बाङले बताए। तत्कालीन एमालेका सांसदले प्रतिमहिना १३ र माओवादी केन्द्रका सांसदले १२ हजार रुपैयाँ पार्टीलाई लेबी तिरिरहेका छन्। संसद् सचिवालयको लेखा शाखाले लेबी रकम कट्टा गरेर सांसदलाई पारि श्रमिक पठाउने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.