नमुना नवलपुर विकास योजना सार्वजनिक

नमुना नवलपुर विकास योजना सार्वजनिक

नवलपुर : नेपालको कान्छो जिल्ला नवलपरासी (बर्दघाट/सुस्तापूर्व) जिल्लाको समग्र विकासलाई केन्द्रमा राखेर ‘नमुना नवलपुर जिल्ला विकास योजना सार्वजनिक’ गरिएको छ। चौधरी फाउन्डेसन र सहमति संस्थाको संयुक्त पहलमा सरोकारवाला निकायसँगको छलफलपछि तयार गरिएको विकास योजना परिकल्पना दस्तावेज शुक्रबार सार्वजनिक गरिएको हो।

जिल्ला समन्वय समिति तथा जिल्लाका आठवटै स्थानीय तहको विकास अवधारणा, परिकल्पना र प्राथमिकताअनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको पहिचान दस्तावेजमा गरिएको छ। जिल्ला तहमा एक सय २५ र पालिका तहमा एक हजार २५ गरी करिब ११ सय ५० वटा योजना समेटिएका छन्।

पूर्वाधार, सामाजिक, आर्थिक, संस्कृति र वातावरणीय विकास गरी योजनालाई वर्गीकरण गरिएको छ। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं नवलपुरका प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले जिल्लाको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए। उनले भने, ‘जिल्ला टुक्रिएपछि विकास प्रक्रियामा सहज छ जुन वैज्ञानिक पनि छ।’

नवलपुर २ बाट प्रतिनिधि सभामा नेकपाका सांसद तिलक महतले निर्वाचनमा फरक पार्टीबाट चुनाव लडे पनि अब सबै मिलेर विकासका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए। ’कृषि, पर्यटन र उद्योग सम्भावना भएको क्षेत्र हो। दलगत स्वार्थभन्दा माथि उठेर भावी पुस्ताले गर्व गर्ने नवलपुर बनाउनुपर्छ’, उनले भने। प्रतिनिधि सभा सदस्य एवं उद्योगपति विनोद चौधरीले भने, ‘जिल्लाको विकासलाई दस्तावेजीकरण गरेका छौं। अब यसलाई प्राथमिकता छुट्याएर काम गरे नवलपुरलाई विकासमा नमुना बनाउन सक्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.