‘सुदूरपश्चिममा धार्मिक पर्यटनको सम्भावना धेरै’

‘सुदूरपश्चिममा धार्मिक पर्यटनको सम्भावना धेरै’

बैतडी : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिममा धार्मिक पर्यटनको सम्भावना रहेको बताएकी छन्।

नेपाल पत्रकार महासंघ र नेपाल पर्यटन पत्रकार महासंघ बैतडीले पत्रकारका लागि गरेको एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएकी हुन्। धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि सबैले सहयोग गरेमा प्रदेश समुन्नत बन्ने उनको भनाइ छ। 

‘सुदूरपश्चिमका चारओटा ठाउँमा शिवलिंग उत्पत्ति भएका धाम छन्। सातबैनी भगवतीको बसोबास यही क्षेत्रमा छ’, उनले भनिन्, ‘हरेक खालका ऐतिहासिक र धार्मिक सम्भावना रहेको हाम्रो प्रदेशलाई समृद्ध बनाउन सबैले हातेमालो गर्नु आवश्यक छ।’

पर्यटकीय सम्भवानाको बारेमा मिडियाले पनि प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ। बैतडीमा भएका पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि पर्यटकीय क्षेत्रको रणनैतिक योजना बनाउनुपर्ने पत्रकारले सुझाव दिएका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.