सहयोग पाउँदा बालबालिका दंग

सहयोग पाउँदा बालबालिका दंग

मलंगवा : सर्लाही प्रवासी सेवा समाज दोहा–कतारबाट शिक्षाका लागि सहयोग प्राप्त भएपछि द्वन्द्वपीडित बालबालिका खुसी भएका छन्। शनिबार शिक्षामा सहयोग कार्यक्रम अन्तर्गत समाजले बालबालिकालाई ५१ हजार सहयोग गरेको छ।

सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीमा चेतना सन्देश नेपालले सञ्चालन गरेको द्वन्द्वपीडित बालगृहमा सर्लाही प्रवासी सेवा समाज दोहा–कतारका अध्यक्ष पेम्बा लामाले नगद  सहयोग गरेका हुन्। 

समाजले प्रदान गरेको रकमबाट लेखपढम सहयोग पुगेको भन्दै बालबालिकाहरु खुसी भएका छन्।

 
‘बेला बेलामा यस्ता संस्थाको सहयोगले हाम्रो लेखपढमा सहयोग पुगेको छ’, बालगृहकी बालिका मन्जु शान्तिले भनिन्,   ‘यस्तै सहयोग निरन्तर भए हाम्रो भविष्य उज्ज्वल बन्छ।’ 

दुःख गरेर कमाएको पैसाबाट समाज सेवा गर्न पाउँदा सुखको अनुभूति हुने अध्यक्ष पेम्बा लामाले बताए। ‘विदेश भएपनि स्वदेशको माया लागेर आउँछ,’ लामाले भने, ‘दुःखले कमाएको पैसाले समाज सेवा गर्दा गर्व लाग्छ।’ 

बालगृहमा अहिले ४२ बालबालिका बाससहितको पढाइ लेखाई गर्दै आएको बालगृहका संचालक सुरेन्द्र लामाले जानकारी दिए। द्वन्द्वमा अभिभावक गुमाएका तथा द्वन्द्वमा परेका बालबालिकालाई बालगृहमा राखेर शिक्षा दिदै आएको उनको भनाइ छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.