नेविसंघको प्रदर्शनले कांग्रेस बैठक फेरि स्थगित : आइतबार बस्ने

नेविसंघको प्रदर्शनले कांग्रेस बैठक फेरि स्थगित : आइतबार बस्ने

काठमाडौं : शनिबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ। शनिबार दिउँसो सबै नेता पार्टी मुख्यालय सानेपामा पुगे पनि बैठक बस्न सकेन। नेताहरुले आन्तरिक छलफल गरेपछि बैठक आइतबारसम्मका लागि फेरि सारिएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अन्नपूर्णलाई जानकारी दिए। 

कांग्रेस बैठक शृङ्खलावद्ध रुपमा स्थगित भइराखेको छ। असोज २१ गते बसेको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने प्रस्ताव ल्याएका थिए। उक्त प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिह केसी र प्रकाशमान सिंहले नोट अफ डिसेन्ट लेखेका थिए।

त्यसपछि बोलाइएका सबै बैठक विभिन्न कारण देखाएर स्थगित हुँदै आएका छन्। असोज २५ मा बोलाइएको बैठक नेता बीचको तनावकै कारण बस्न सकेन। 

त्यसपछि दसैं मनाउन सबै नेता लागे। फेरि कात्र्तिक २० गतेका लागि बैठक बोलाइयो। बैठक बस्यो सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजय गच्छदारलाई मनोनित गर्ने प्रस्ताव गरे। त्यसपछि वरिष्ठ नेता पौडेलसँँगै नेता केसी, सिंहले पार्टीको विधान अनुसार मनोनित गर्न मग गरे। विवादै विवादमा फेरि बैठक बस्न सकेन। 

फेरि लामो समयपछि नेविसंघको विवाद समाधानका लागि बोलाइएको शनिबारको बैठक स्थगित भएको हो। शनिबार पार्टी मुख्यालयमा नेविसंघ कार्यकर्ताको विरोध प्रदर्शनले बैठक बस्न नसकेको हो। साँझ अबेरसम्म पनि नेविसंघको प्रदर्शन जारी रहेपछि कांग्रेसले सूचना सार्वजनिक गर्दै केन्द्रीय समिति बैठक आइतबार बस्ने जानकारी गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.