विराटनगरमा भरतमोहनको अभिनन्दन

विराटनगरमा भरतमोहनको अभिनन्दन

विराटनगर : राजनीतिज्ञ ८३ वर्षीय भरतमोहन अधिकारीलाई विभिन्न संघसंस्थाले शनिबार मोरङको विराटनगरमा नागरिक अभिनन्दन गरेका छन्।

४ सय ५२ सदस्यीय भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समिति गठन गरिएको थियो। प्रदेश १ का १ सय ३७ संघसंस्था र समितिका तर्फबाट अधिकारीलाई अभिनन्दन गरिएको प्रचारप्रसार समिति संयोजक डिल्ली पोखरेलले बताए। 

राजनीतिक, आर्थिक तथा सामाजिक आन्दोलनका अग्रणी व्यक्तित्वमा रूपमा पूर्वउपप्रधान तथा अर्थमन्त्री अधिकारीलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा अभिनन्दन गरिएको हो। प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राईलगायतले अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए।

महोत्तरीको भ्रमणपुरामा १९९३ वैशाख २२ गते जन्मिएका अधिकारीले विराटनगरलाई कार्यक्षेत्र बनाएर राजनीति गरेका थिए। २०४६ सालको जनआन्दोलनअघि विराटनगरमा राजनीतिक जागरण ल्याउन योगदान गरेको भन्दै कार्यक्रममा उनको प्रशंसा गरिएको थियो। 

विराटनगरमा कानुन व्यवसायी बन्दा धेरैलाई निःशुल्क सेवा दिएको उनले सम्झना गरे। ‘मैले मेरो राजनीतिक कार्यकाल इमानदारीपूर्वक सेवा गरेर बिताएँ। तर, अझै मुलुकमा धेरै काम हुन सकिरहेका छैनन्’, उनले भने। उनले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाइदिए अझ सम्मानित भएको महसुस गर्न पाउने सुनाए। 

विराटनगरबाट ६ जना प्रधानमन्त्री र तीन जना उपप्रधानमन्त्री बने पनि यो ठाउँको मुहार फेर्न नसकेको उनले सुनाए। भने, ‘स्थायी राजधानी बने यसको मुहार फेरिने थियो।’

उनी २०४८, ०५१ र ०५६ मा तत्कालीन मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। भरतमोहन नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीका भाइ हुन्। मनमोहन २०५१ सालमा प्रधानमन्त्री हुँदा भरतमोहन अर्थमन्त्री थिए।

प्रदेश प्रमुख तुम्बाहाङले उनी इमानदार नेता भएको बताएका थिए। राजनीतिलाई दिशानिर्देश गर्ने क्षमता अधिकारीमा भएको मुख्यमन्त्री राईको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.