नेकपाकाे सचिवालय बैठक मंसिर ६ गते बस्‍ने

नेकपाकाे सचिवालय बैठक मंसिर ६ गते बस्‍ने

काठमाडौं : बैठक डाक्न पार्टी नेताहरूकै दबाब पर्न थालेपछि सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ। दुई अध्यक्ष (प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल) बीच शुक्रबारको छलफलपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो। बैठक ६ मंसिरमा डाकिएको छ। कात्तिक ७ यता सचिवालय बैठकसमेत बस्न सकेको थिएन। स्थायी समिति बैठक पनि २१ असारयता बस्न सकेको छैन।

पार्टी बैठक नबस्दा एकता प्रक्रियाको ६ महिना बित्दा तल्लो तहसम्म नेकपाको एकता हुन सकेको छैन। तीन महिनाभित्र तल्लो तहसम्मको पार्टी कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लगाइसक्ने बताए पनि नियमित बैठक बोलाउन नसक्दा अवरुद्ध छ। अबको सचिवालय बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला संगठन गठन, केन्द्रीय सदस्यको कार्य विभाजनलगायत प्रस्ताव तयार हुने र लगत्तै स्थायी समिति बैठक बोलाई अनुमोदन गराउने तयारी नेकपाको छ। ‘मसिंर ६ गते सचिवालयको बैठक बस्छ, प्रदेश कमिटी टुंग्याउने, जिल्ला कमिटी फाइनल गर्ने कुरा भएको छ। लगत्तै स्थायी समिति बसेर त्यसलाई अनुमोदन गर्छ। अब धेरै ढिला जाँदैन’, शनिबार दोलखामा आयोजित नेकपाको कार्यक्रममा अध्यक्ष दाहालले भने।

सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा र मिति निर्धारण गर्ने नेताहरूले बताएका छन्। सचिवालय बसेको दुई दिनभित्रै स्थायी समिति बोलाउने तयारी नेकपाको छ। प्रदेश कमिटी सदस्यको चयन र केन्द्रीय सदस्यको कार्य विभाजन प्रस्ताव तयार पार्न कात्तिक ७ को सचिवालय बैठकले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले प्रस्ताव अन्तिम चरणमा पु¥याएको छ। नेकपा बैठकमा कार्यदलले प्रस्ताव पेस गरेपछि छलफल गरी अन्तिम प्रस्ताव बनाई स्थायी समितिबाट अनुमोदन गराउने कार्यसूची छ। यसपटकको स्थायी समिति बैठकमा तल्लो तहसम्मको पार्टी एकता, जनवर्गीय संगठनको एकता, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, केन्द्रीय नेताको कार्य विभाजन, पोलिटब्युरो गठनदेखि सरकारको समीक्षासम्म गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.