जन्मकैद फैसला भएका बाबा रामपालको पक्षमा प्रदर्शन

जन्मकैद फैसला भएका बाबा रामपालको पक्षमा प्रदर्शन

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल जीवन बिताइरहेका भारतका बाबा रामपालका अनुयायील जनकपुरधाममा जुलुस प्रदर्शन गरेका छन्। 

देशभरबाट आएका रामपालका अनुयायीले आइतबार प्रदर्शन गरेका हुन्।

आस्थालाई बन्दी बनाउन पाइदैन, नेपाल सरकारले बाबा रामपाल रिहाइको पहल गरोस्लगायतका नारा उल्लेखित प्लेकार्डसहित करिब १० हजारभन्दा बढी अनुयायीले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा हजारौं महिला र बालबालिका समेत सहभागी थिए। प्रदर्शनका कारण जनकपुरको ट्राफिक व्यवस्थापन घण्टौंसम्म अस्तव्यस्त बन्यो। ठाउँठाउँमा सयौं सवारी साधन अलपत्र परे।

दोलखा चरिकोटबाट प्रदर्शनमा सहभागी हुन् आएका डम्बरबहादुर दाहाल भन्छन्, ‘बाबा रामपाललाई आजको दिन सजाय सुनाएको थियो। त्यसैले आजको दिनलाई कालोदिनको रुपमा प्रदर्शन गरेका छौं।’ उनले रामपाल बाबा दोषी नभएकाले उनको रिहाइको पहल नेपाल सरकारसँग गर्न अपिल पनि गरेका छन्।

चार महिला र एक १८ महिने शिशुसहित १९ जनाको हत्या आरोपमा भारतको हरियानास्थित एक अदालतले बाबा रामपाललाई दोषी ठहर गर्दै जन्कैदको फैसला गरेपछि उनी जेलमा छन्। 

विश्वामा रामपालका लाखौं अनुयायी छन् भने भारत र नेपालका कयौं शहरमा उनको आश्रम अझै संचालनमा छ।
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.