मंसिर ८ को जनसभामा विप्लव नआउने, प्रकाण्डले सम्बोधन गर्ने

मंसिर ८ को जनसभामा विप्लव नआउने, प्रकाण्डले सम्बोधन गर्ने

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते स‌ंघीय राजधानीमा गर्न लागेको जनसभा र प्रदर्शनलाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने भएका छन् । 

राज्य पक्षले पक्राउ गर्न सक्ने सूचना पाएपछि उक्त कार्यक्रममा महासचिव विप्लव भने नआउने भएका छन् । नेकपाले यसअघि विप्लवलाई संघीय राजधानीमा उतारेर शक्ति प्रदर्शनको तयारी गरेको थियो ।

तर अन्तिम समयमा आएर नेकपाका प्रवक्ता प्रकाण्ड र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहितको उपस्थितिमा आइतवार काठमाडौँमा भएको बैठकले महासचिव विप्लवलाई उपस्थित नगराउने निर्णय गरेको हो । 

विप्लव नआउने भएपछि नेकपाले जनसभाको तयारी पनि त्यही अनुसार गरिरहेको छ । स्रोतका अनुसार विप्लवको साटो यसअघि पक्राउ परेर रिहा भएका प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने पक्का पक्की भएको छ। 

नेकपाले प्रचारप्रसार तीव्र पार्न केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, प्रकाश डुम्रे, भीमप्रसाद चापागाईं र मोहन खतिवडासहितको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिसकेको छ ।

राजधानीमा हुने जनसभालाई पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने भएका छन् । त्यसैगरि सभामा आगामी रणनीतिबारे पार्टीको धारणा पनि उनले सार्वजनिक गर्ने बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.