दलित युवतीमाथि पञ्चायतमै सामूहिक बलात्कारको धम्की, विरोध गर्दा कुटिए सांसद

दलित युवतीमाथि पञ्चायतमै सामूहिक बलात्कारको धम्की, विरोध गर्दा कुटिए सांसद

काठमाडौं : शुक्रबार राष्ट्रिय सभा सदस्य रामप्रित पासवानमाथि कुटपिट भयो। आफ्नै गाउँमा भइरहेको पञ्चायतमा पुगेका सांसदलाई स्थानीयले कुटपिट गरेका थिए। 

सप्तरीको कविलास नगरपालिका-६ मदनपुर गाउँमा भएको पञ्चायतमा पुगेका पासवानमाथि कुटपिट भएको थियो। पासवानलाई स्थानीय वीरेन्द्र, रामप्रसाद, फेकन, दयाराम, मनोज, दिनेश र सुरेश रायलगयतले कुटपिट गरेको सर्वजनिक भयो। 

पासवानमाथि हेलमेट र मुक्का प्रहार भएको थियो। कुटपिटको कारण भने गुपचुप नै थियो। शनिबार दलित सरोकार मञ्च, नेपालले पासवानमाथि स्थानीय दलित युवतीमाथि सामूहिक बलात्कार गर्ने निर्णयको विरोध गर्दा कुटपिट भएको खुलासा गरेको छ।

कुट्नुको कारण ? 
कविलास नगरपालिका–६ मदनपुरका रामप्रसाद रायकी कक्षा ११ मा अध्ययनरत छोरी पुनितकुमारी राय कात्तिक २८ गते हराइन्। घरबाट हराएकी उनको धेरै खोजी भयो। तर उनी कतै नभेटिएपछि गाउँलेले स्थानीय बेचन रामका छोरा सन्तोष राममाथि छोरी भगाएको आरोप लगाए। 

यही विषयमा छलफल गर्न शुक्रबार पञ्चायत बस्यो। आफ्नै कामको सिलसिलामा मलंगवा जाँदै गरेका सांसद पासवानलाई पञ्चायतमा बस्न स्थनीयले आग्रह गरे। स्थानीयको आग्रहलाई पासवानले अस्वीकार गर्न सकेनन्। पञ्चायतमा छलफलपछि निर्णयको जिम्म पाँच भलादमीलाई दिइएको थियो। 

केटाले केटी भगाएको कुनै प्रमाण नभेटिएपछि भलाद्मीले केटामाथि दबाब सिर्जना गर्नेगरी निर्णय गरे। ‘यदि केटी भगाएको रहेछ वा कहाँ छ भनेर थाहा भए केटा पक्षले दुई दिनभित्र उपस्थित गर्नुपर्ने’ निर्णय सुनाए। तर यो निर्णय केटी पक्षले स्वीकार गरेनन्। 

केटी पक्षका फेकन रायले अर्को प्रस्ताव गरे ‘दुई दिनभित्र केटापक्षले भागेकी केटी उपस्थित नगराएको खण्डमा आरोपित केटा (सन्तोष) की अविवाहित बहिनीलाई सार्वजनिक रुपमा बलत्कार गर्नुपर्र्ने।’ यस्तो सोच्नै नसकिने निर्णय माग भएपछि सांसद पासवानले गलत माग नराख्न आग्रह गरे। 

सांसद पासवानले गरेको आग्रहको प्रतिवाद भलाद्मीबाटै भयो। त्यसपछि पासवानले उक्त मागविरुद्ध कडा अडान लिए। यही अडानकै कारण स्थानीयले पासवानमाथि कुटपित गरेका हुन्। 
‘दुई दिनभित्र राम परिवारले भागेकी केटी उपस्थित नगराएको खण्डमा सन्तोष रामको अविवाहित बहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नु पर्ने निर्णय गर्नु पर्ने माग गरेको थियो’, दलित मञ्चके विज्ञप्तिमा भनिएको छ, ‘पञ्चायतीमा यस्तो अभद्र कुरा गरेपछि सांसद पासवानले त्यस्तो गलत कुरा किन गर्नुहुन्छ भन्दै प्रश्न गरेपछि केटी पक्षकाले एक्कासी आक्रमण गरेका थिए।’

राम र पुनित केही समयअघिसम्म एउटै स्कुलमा पढ्ने साथी हुन्। त्यसकै आधारमा पुनित बेपत्ता हुँदा रामको हात हुनसक्ने आशंका स्थानीयले गरेका हुन्। तर, आशंकाकै आधारमा एउटी दलितकी छोरीलाई कथित उपल्लो मानिएका जातका मानिसले सार्वजनिक बलात्कार गर्ने धम्कीदिने कुरा स्वीकार्य नभएको पासवानको भनाइ छ। 

यही विषयको विरोध गर्दा आफूमाथि सांघातिक हमला भएको पासवानले बताए। आक्रमण लगत्तै सांसद पासवानले अन्नपूर्णसँग भनेका थिए, ‘आज यसलाई सिध्याउनुपर्छ भनेर आक्रमण गरेका थिए। तर गाउँलेले मलाई जोगाए।’ 

पासवानले यो आक्रमण आफूमाथिको मात्र नभएर समग्र दलितमाथि भएको बताएका छन्। पासवान संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।



दलित मञ्चले सार्वजनिक गरेको विज्ञप्ति 

राज्यले पटक पटक छुवाछूत अन्त्य घोषणा गरेको अवस्था,छुवाछूत गर्नेलाई दण्ड सजाय बढाएको अवस्था र देशका विभिन्न ठाउँहरुमा जातीय विभेद उन्मुलन राष्ट्रिय दिवस मनाइरहेको बेला सर्लाही जिल्ला कविलासी नगरपालिका–६ मदनपुरमा गैर दलितका छोरी दलितले भगाएको आशंकाबारे भएको पञ्चायतीमा राष्ट्रिय सभा सदस्य रामप्रित पासवानमाथि भएको जातिय विभेद एवं साघातिक आक्रमणले दलित समुदाय लाई मात्र नभएर समग्र नेपालीलाई स्तब्ध बनाएको छ ।

घटना विवरण ःकविलासी नगरपालिका–६ मदनपुरका रामप्रसाद रायको कक्षा ११ मा अध्ययनरत छोरी पुनित कुमारी राय गत कात्तिक २८ गते दिन घरबाट भागेर गइन । रायहरुले सोही गाउँका बेचन रामको छोरा सन्तोष राममाथि आफनो छोरीलाई भगाएको आरोप लगाउन थाल्यो ।

शुक्रबार दिउसो उक्त घटनाबारे गाउँमा पञ्चायती बसेको थियो । कामले मलगवा जादैँ गरेका सांसद पासवानलाई दलित समुदायले एकछिन पञ्चायतीमा बसिदिन आग्रह गरेपछि उहाँ पञ्चायतीमा बसेको थियो । पञ्चायतीमा छलफलभएपछि ५ जना भलादमीहरुलाई निर्णय गर्ने जिम्मा दिइएको थियो । केटी भगाएको कुनै ठोस प्रमाण नभएको,केटा पक्षले पनि घटनामा संलगनता नरहेको बयान दिएको अधारमा केटामाथि दबाव सिर्जना गर्ने उद्देश्यले यदि केटी भगाइएको रहेछ वा कहाँ छ भनेर थाह भए केटा पक्ष(राम)ले २ दिन भित्र उपस्थित गर्नुपर्ने निर्णय पञ्चहरुले सुनाएका थिए । तर केटी पक्षका फेकन रायले उक्त निर्णय आपूmलाई मान्य नभएको भन्दै २ दिनभित्र राम परिवारले भागेकी केटी उपस्थित नगराएको खण्डमा सन्तोष रामको अविवाहित वहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नु पर्ने निर्णय गर्नु पर्ने माँग गरेको थियो । पञ्चायतीमा यस्तो अभद्र कुरा गरेपछि सांसद पासवानले त्यस्तो गलत कुरा किन गर्नुहुन्छ भन्दै प्रश्न गरेपछि केटी पक्षकाले एक्कासी आक्रमण गरेको थियो ।

केटी पक्षका वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायत ७ जनाले जातिय रुपमा गाली ग्लोज गर्नुका साथै एक्कासी कुटपिट गरेको थियो । केटी पक्षका व्यक्तिहरु धारिलो घरेलु हथियार सहित दलित नेता भएको भन्दै सांसदमा जातिय ताका अधारमा गालीग्लोज गर्र्दै हत्या प्रयास गरेको सांसद पासवानको भनाई छ । सांसद पासवानलाई गाउँका केही दलितहरुले जोगाएका थिए ।

केटी भागाउने घटनामा रामको कुनै संलग्नता छैन । कुनै अधार वा सवुत प्रमाण छैन । केही समय अघिसम्म राम र राय एउटै स्कूलमा पढ्ने र साथी भएकै आधारमा राय परिवारले केटी भगाउन रामको हाथ हुन सक्ने आशंका गर्दै आएका छन् । आशंकाकै अधारमा दलितको छोरीलाई सार्वजनिक रुपमा बलात्कार गर्ने धम्की दिने,त्यस्तो कुरा नगर्न आग्रह गर्दा प्रतिनिधिसभा सांसद पासवानमाथि जातिय अधारमा गाली ग्लोज र ज्यान मार्ने उद्देश्यले सांघतिक हमलाले सिगो दलित समुदाय असुरक्षित भएको ठहर गर्दछ ।

कानून निमार्ण गर्ने जनप्रतिनिधि एवं सांसद जस्तो गरिमामय पदमा बहाल व्यक्तिमाथि विना कुनै कारण सांघतिक आक्रमणले फे रि अकोर्  पटक सम्पूर्ण ने पाली दलित समुदाय असुरक्षित,त्रसित र भयभित बने को  छ ।

दलित भएकै  कारण ज्यान लिने सम्मका अत्यन्तै  निर्मम र क्रुर घटनाहरु ने पाली समाजमा अहिले  पनि भइरहनु राष्ट्रिय लज्जाको  विषय बने को  छ । दलित भएकै कारण समान्य रुपमा बाँच्न पाउने अधिकार कुण्ठित हुनेगरी आक्रमण गर्नु, जो कोही नेपालीका लागि दुर्भाग्यपूर्ण भएको र यस घटनाले देशमा विभिन्न शासनहरु परिवर्तन हुँदै लोकत्रान्तिक गणतन्त्र, संघीय शासन आइसक्दा पनि देश तथा समाज अझै पनि जातीय छुवाछूत र विभेद जस्ता जघन्य मानवीय अपराधबाट मुक्त हुन नसकेको प्रष्ट भएको छ ।

तसर्थ जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ को दफा ४ को उपदफा ५, ६, ७, ८, ९ अनुसार र मुलुकी अपराध (संहिता) २०७४ऐनको र १६६ अनुार तथा प्रचलित कानुन अनुसारको कडा भन्दा कडा कार्वाही गरी पीडित लाई न्याय तथा पीडकलाई कानुनी कार्वाही गर्न माँग हामी जोडदार माँग गर्दछौ । स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान गरी कडा भन्दा कडा कारवाही नगरिए सम्मपूर्ण दलितहरु एकजुट भई आन्दोलन गर्नु बाध्य हुनेछौं ।

यस अघि कालीको ट जिल्लाको  नरहरिनाथ गाउपालिका वडा नं. ९ की दलित महिला सदस्य मना सार्कीको गत जे ठ १९ गते  बे लुकी   दलित भएकै  कारण कुटपिट गरे र हत्या गरिएको थियो । धाराको  पानी छो एको  निहुँमा ढुंगा र पै युंको  लट्ठीले  टाउको मा निर्मम ढङ्गले  हिर्काएर हत्या गरिएको थियो ।

केही समय अघि सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको ना १ झ १६३९ जिपमा गत असोज २३ गते विशेष नगरसभामा सहभागी भएर घर फर्किदैं गर्दा आक्रमणमा गरेका थिए । मेयरमाथि आक्रमण गर्ने समूहलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । यसले ज्यान मार्ने मनसायबाट भएकोे आक्रमण घटना अनुसन्धानमा प्रहरी गम्भीर नभएको हाम्रो ठहर छ ।

सुरक्षाकर्मीको उपस्थितिमा हमला हुँदा पनि सुरक्षा अधिकारीहरू चुपचाप बस्नु विडम्बना हो । स्थानीयतहदेखी संघीय सरकारका प्रतिनिधिनै असुरक्षित रहनुले दलितहरु असुरक्षित महशुस गरिरहेका छन् ।

देशभरी विभिन्न ठाउँमा दलित समुदायको जनप्रतिनिधिहरुमाथि भइरहेको आक्रमण,जातिय विभेद र उपेक्षाको घटनालाई गम्भिर रुपमा लिदैं विभिन्न राजनीतिक दल,दलका दलित भातृ संगठन,मानवअधिकारकर्मी,संचारकर्मीलाई सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरमा ल्याउन सहयोग गर्न हामी आग्रह गर्दछौं ।
युक्तिलाल मरिक
अध्यक्ष

दलित सरोकार मञ्च,नेपाल
कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर ,सप्तरी

मिति : १ मंसिर,२०७५


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.