डा. सुरेन्द्र केसीको नजरमा ओली भन्दा प्रचण्ड गतिला

डा. सुरेन्द्र केसीको नजरमा ओली भन्दा प्रचण्ड गतिला

काठमाडौं : राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । 

‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भइसक्यो । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो’, केसीले भने, ‘हुन त मलाई त्यतिबेला पनि यिनीहरुले बोलेका कुरा कुनै हालतमा पुरा गर्छन् भन्ने विश्वास थिएन, अहिले त्यही भयो ।’

सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको उनले आरोप लगाएका छन् । ‘खाल्डाखुल्डीहरु पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन । सिण्डिकेट हटाउँछौं भन्नुभयो’, आइतवार रिपोर्टर्स क्लब केसीले भने, ‘तर, एकाधिकार अहिले पनि कायमै छ । सुन काण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीको पाता कस्छु भन्नुभयो, तर, कारबाही केही भएन । प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने कि सिंघम भनेपछि उहाँ चुप लाग्नुभयो ।’ 

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए । ‘अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली अहिले आलोचित बनेका छन् । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको आलोचना गरिरहेका छन्’, केसीले अगाडि थपे, ‘माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’

ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको गम्भीर आरोप छ । ‘ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो ? मैले बुझन सकेको छैन् । नाकाबन्दीका बेला उहाँले राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो’, केसीले भने, ‘मैले त झनै सफल नेता र विकासको ‘एसेट’ का रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिबेला प्रश्न खडा भयो ।’

फरक प्रसंगमा उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको बताए । ‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशीलता हाम्रो लागि प्रयोग भएन’, केसीले भने, ‘उनकै छोरी र बुहारीको लागि त्यो ‘डाइनामिज्म’ लागू भयो ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.