आँधीले ३३ भारतीयको मृत्यु

आँधीले ३३ भारतीयको मृत्यु

चेन्नई : भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले शक्तिशाली आँधीका कारण धेरै क्षति भएको आइतवार जानकारी दिएका छन् ।

‘साइक्लोन गाजा’ नाम दिइएको उक्त आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको बताइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो । आँधीले हजारौँ रूख भाँचिएका छन् भने ठूलो संख्यामा घरहरू भत्किएका छन् । आँधीले हजारौँ व्यक्ति घरबारविहीन भएका छन् । प्रभावित स्थानीय बासिन्दालाई शिविरहरूमा राखिएको छ । मृत्यु भएकामध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुईजना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीले बताएका छन् ।

‘घरबारविहीन भएकाहरूको संख्या १ लाख ७७ हजार ५ सय पुगेको छ । उनीहरूलाई ३५१ वटा शिविरमा राखिएको छ’, एक अधिकारीले पत्रकारहरूसँग भने । उनीहरूलाई पानी, दूध र खानेकुरा वितरण गरिरहेको राज्य सरकारले जनाएको छ । तमिलनाडु प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पलानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरूले च्यापेर र विद्युतीय गडबडीका कारण भएको छ । आँधीका कारण सयभन्दा बढी पशुचौपायाको मृत्यु भएको जनाइएको छ । आँधीका कारण १ लाख २७ हजारभन्दा बढी रूख लडेका छन् । नागपट्टिनम, तन्जावुर, तिरुवरुर, कुड्डालोर, पुदुक्कोट्टई र रामनाथपुरम जिल्ला अत्यधिक प्रभावित भएका छन् । राज्यभर ३० हजारभन्दा बढी विद्युत्का पोल भाँचिएका छन् । यसको मर्मत गर्न १० हजार कर्मचारी खटाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.