मालदिभ्सलाई भारतको साथ

मालदिभ्सलाई भारतको साथ

माले : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मालदिभ्सको साथमा रहेको बताएका छन् । मालदिभ्सका नयाँ राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको शपथ ग्रहणपछि मोदीले यस्तो जानकारी दिएका हुन् ।

शपथलगत्तै सोलिहले विगतको सरकारले सरकारी ढुकुटीमा लुट भएको बताउँदै चीनको प्रभावमाथि चिन्ता प्रकट गरेका थिए । शपथ ग्रहणमा महत्वपूर्ण विदेशी अतिथिका रूपमा मोदी आमन्त्रण गरिएका थिए ।

मोदीले मालदिभ्सलाई आर्थिक संकटबाट उकास्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हाल मालदिभ्स गम्भीर आर्थिक संकटमा फसेको छ । हाल मालदिभ्सले १ अर्ब ५० करोड अमेरिकी डलर ऋण लिएको छ । सोलिहले भौतिक पूर्वाधारका क्षेत्रमा चीनसँगबाट ल्याइएको ऋणमा लुटतन्त्र मचाइएको भन्दै पूर्वराष्ट्रपति अब्दुल्ला यमीनप्रति आक्रोश व्यक्त गरे । उनले पूर्ववर्ती सरकारले चीनसँग गरेको आर्थिक सम्झौताको पुनरावलोकन गर्न पनि माग गरेका छन् । पूर्ववर्ती सरकारका बेला निर्माणसम्बन्धी ठेक्काको सबै काम चीनलाई दिइएको उनले आश्चर्य व्यक्त गरे ।

मोदीले राष्ट्रपति सोलिहको शासनकालमा दुई देशबीच सुदृढ सम्बन्ध कायम हुने बताए । उनले शान्तिपूर्ण, लोकतान्त्रिक र समृद्ध देश बनाउन हरसम्भव सहयोग गर्ने विश्वास दिलाएका छन् ।

क्षेत्रीय शान्तिका लागि दुवै देशबीच पारस्पारिक हितका विषयमा जोड दिनुपर्नेमा दुवै नेता सहमत भएका थिए । उनीहरूले दुई देशबीच पुनः सुमधुर सम्बन्ध शुरुवात हुने पनि चर्चा गरे । मालदिभ्सले भारतीय लगानीलाई आकर्षण गर्न चाहेको छ । दुवै देशबीच भिसा प्रक्रिया सरल बनाउनुपर्ने माग गरिएको थियो । यसअघिको सरकारले भारतीयलाई कामदार भिसा दिन कडाइ गरेको थियो । यसैगरी चीनसँग करमुक्त व्यापार सम्झौता पनि भएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.