मलेसियामा दलालको ‘बार्गेनिङ’
काठमाडाैं : सप्तरीको हनुमाननगर ७ का सुरेन्द्र यादव वैदेशिक रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगे। अपरेटर पदमा एक हजार आठ सय रिंगेट पाइने भएपछि उनी डेढ लाख तिरेर मलेसिया पुगेका हुन्।
मलेसियामा उनले भनेजति पारि श्रमिक पाएनन्। ६ सय रिंगेट मात्रै पाए पनि उनले काम गर्न थाले। एसटिएस म्यानपावर कम्पनीबाट मलेसिया पुगेका यादव सुरुसुरुमा थोरै पारि श्रमिकमा काम गर्न वाध्य भए पनि पछिल्लो समयमा समयै पारि श्रमिक पाउन सकेनन्। सात महिनासम्म पारि श्रमिक नपाएपछि उनी भागेर काम गर्न बाध्य भए। राहदानीबिनै भागेर उनी एक फर्निचर कम्पनीमा काम गर्न थाले।
फर्निचरमा फास्ट कटिङ गर्नुपथ्र्यो। तर, उनले जेनतेन काममा अभ्यस्त हुन थाले पनि कम्पनीले जलान कार्ड नबनाएपछि गैरकानुनी रूपमा काम गर्दा उनलाई सधैं तनाव भइरह्यो। मलेसियामा नयाँ सरकार आएपछि गैरकानुनी रूपमा काम गर्ने कामदारलाई धरकपड गर्न थाल्यो। फर्निचरमा काम गर्ने क्रममा प्रहरीले छापा मार्ने क्रममा उनी जंगल भाग्नुपयो।
उनी एक दिन प्रहरीको फन्दामा परे। चार महिना जेल बसे। घरबाट एक लाख ८९ हजार रुपैयाँ पठाएपछि मात्र उनी जेलमुक्त भएर स्वदेश फर्किन पाएको बताउँछन्। अवैधानिक कामदारलाई दुःख दिन गिरोह नै सक्रिय भएकोे उनले आशंका व्यक्त गरे। नजिकको नातेदारलाई फोटो देखाएर जेलबाट छुटाउँछु भन्दै आफन्तबाट पैसा असुल्ने गरेको यादव बताउँछन्।
धनुषाको ढल्केबरका ३९ वर्षीय मनिकुमार महतो फर्निचर क्षेत्रमा काम गर्नका लागि सन् २०१७ मा मलेसिया गए। ग्लोरी फर्निचर्समा काम गर्न गएका महतो एउटै मालिकका ठाउँठाउँमा रहेका कम्पनीमा काम गर्नुपरेको बताउँछन्। ‘मालिकका धेरै कम्पनी थिए, कहिले कुनमा कहिले कुनमा काम गर्नु पथ्र्यो।’ मालिकले पिट्ने, गाली गर्ने गर्न थालेपछि भागेर काम गर्न थाले। गैरकानुनी रूपमा काम गर्दा प्रहरीले पक्राउ ग¥यो। उनी ६ महिनासम्म जेलमा बस्न वाध्य भए।
जेलबाट छुट्कारा पाउन स्वदेश फर्कनका लागि उनले आफन्तमार्फत दुई लाख ४२ हजार पैसा तिरेको बुझाएको बताउँछन्। पैसा बुझाए पनि उनी जेलबाट छुट्न सकेनन्। त्यहाँको प्रहरी, दलाल र नेपाली दूतावास मिलेका कारण आफूले समस्या पाएको उनले आरोप लगाए। दलालले दूतावासले पनि केही गर्न नसक्ने र दूतावासबाटै फोन गरेको भन्दै अनावश्यक दुःख दिने र परिवारका सदस्यलाई तस्बिर देखाएर पैसा असुल्न गिरोह सक्रिय भएको उनको भनाइ छ।
नवलपरासी दलदलेका २५ वर्षिय राकेश वस्ती गगुल म्यानपावरमार्फत सेक्युरिटी गार्डमा काम गर्न मलेसिया पुगे। १५ सय पारि श्रमिक पाइने भए पनि दैनिक १२ घण्टा काम गर्नुपर्ने, बिरामी पर्दा पनि बिदा नपाइने, पैसा काटिने समस्या भोग्नुप¥यो। उनको राहदानीमा कम्पनीले चप लगाएको थिएन। उनी पक्राउ परे। वस्तीले जेलमा कुटाइसमेत खाए। ‘जेलमा ब्रोइलर कोचेजस्तै कोच्ने गरिन्छ’, उनले भने। जेलमा चारपटक कुटाइ र एकपटक कोर्रा खाएको उनले सुनाए। पीडित यादवले वाध्य भएर कम्पनी परिवर्तन गरेर काम गर्ने कामदारलाई नेपाली दलालले नै दुःख दिने गरेको सुनाए। ‘दलालले प्रहरीसँग मिलेर हामीलाई दुःख दिन्छन्’, उनले भने। दूतावासले समेत नहेर्दा अवैधरुपमा काम गर्ने लाखौं नेपाली मलेसियामा अनावश्यक दुःख पाइरहेको उनीहरूको आरोप छ।
यादव, महतो र वस्ती नमुना पात्र हुन्। मलेसियामा भनेअनुसार काम नपाइ भाग्ने र गैरकानुनी रूपमा काम गर्ने धेरै छन्। मलेसियामा वैधानिक रूपमा काम गर्ने ६ लाख भन्दा बढी कामदार छन्। अवैधानिक रूपमा काम गर्ने कामदारको संख्या पनि कमी नभएको बताइन्छ। दलाल, नेपाली राजदूतावास र प्रहरीको मिलेमतोमा पीडितले दुःख पाउने गरेको पीडित बताउँछन्। ‘दूतावासले प्रभावकारी पहल नगर्दा नेपाली समस्यामा छन्,पीडित वस्तीले भने,‘जेलमा अरु देशका दूतावासका प्रतिनिधि प्रायःजसो पुग्छन् तर नेपाली प्रतिनिधि कोही जाँदैनन्।’
सरकार र मलेसियाबीच कात्तिक १२ गते श्रम सम्झौता भएको छ। सम्झौतापश्चात कामदारले सजिलै रोजगारदाता फेर्न सकिने र राहदानी आफैसँग राख्ने प्रावधान गरिएको छ। मलेसियाले भनेजति पारि श्रमिक नदिने, कामदारबाट राहदानी खोस्ने, अनावश्यक दुःख दिने, अवैधानिक बनाउन र त्यस्ता कामदारलाई काममा लगाउन कम्पनी नै आफै सक्रिय हुने गरेका छन्।