डाँकाको आक्रमणमा तीन घाइते, धनमाल लुटियो
बर्दिबास : महोत्तरीको सोनमा गाउँपालिका-३ दक्षिणबारी टोल खोकनामा डाँकाहरुको आक्रमणमा परेर तीनजना घाइते भएका छन्। घाइते हुनेहरुमा स्थानीय २६ वर्षीय संजीव यादव, ३१ वर्षीय सुरेन्द्र यादव र ३० वर्षीय ललिन यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवत्ता खगेन्द्र खड्काले जनाए।
सुरेन्द्रलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ। अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। गएराति एक बजेतिर टाउकोमा फेटा बाँधेर आएका १०-१२ जना डाँकाको समूहले ललिन यादवको घरमा लुटपाट गर्दै आक्रमण गरेको हो।
घटनास्थल पुगेका डीएसपी एवं प्रवत्ता खड्का अनुसार हातहतियारसहित आएका डाँका समूहले नगद, गरगहाना, मोबाइल लुटेर भागेका छन्।उनीहरुको खोजी कार्य भइरेको प्रहरीले जनाएको छ।