सरकारलाई गतिशील बनाउन जाजरकोटबासीकाे अाग्रह

सरकारलाई गतिशील बनाउन जाजरकोटबासीकाे अाग्रह

जाजरकोट : सरकारको काम गर्ने शैली सुस्त भएको नेकपाका कार्यकर्ताले आरोप लगाएका छन्। खलंगादेखि तल्लुसम्म पिचको काम अलपत्र पर्दा पनि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चासो नदिएको खलंगामा आइतबार आयोजित कार्यकर्तासँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा कमान खड्काले बताए। सरकारलाई गतिशील बनाउन र जाजरकोटलगायत जिल्लाको विकासमा ध्यान दिन नेकपाका कार्यकर्ता नवेन्द्र नेपालीले आग्रह गरे।

जिल्लाका धेरैजसो ग्रामीण भेगमा टेलिफोन सुविधा नरहेको, जाजरकोट अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नभएको, करोडौंको सेतक चिनी चोरी–निकासी भइरहेकोलगायत विषयमा सरकारको ध्यान नपुगेको मन्त्रीसमक्ष स्थानीयले गुनासो गरेका छन्। सदरमुकाम खलंगाको गैरीखाली–ठाँटी जोड्ने सडकमा बजेट विनियोजन नहुनु, मोर्कखोला पुल ६ वर्षसम्म पनि नबन्नु, भेरी नगरपालिकाको पासागाडमा पुल अलपत्र पर्नु, मध्यपहाडी लोकमार्गअन्तर्गत कुदुको पुल निर्माणमा ढिलाइ, खलंगा–पाँचकाटीया सडकमा ट्र्याक खुलेको १० वर्षसम्म सवारीसाधन चल्न नसक्नुलगायत विषयमा मन्त्री बस्नेतसमक्ष कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका थिए।

पार्टी एकीकरणपछि नेकपाका अगुवा कार्यकर्तासँगको अन्तर्क्रियामा तीव्र असन्तुष्टि प्रकट भएको हो। केन्द्रमा एकता भए पनि तल्लो तहसम्म हुन नसकेको, जिल्ला कमिटी, नगर र गाउँ कमिटी पुनर्गठन नभएको, पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूखुसी काम गर्ने गरेकोलगायत गुनासा कार्यकर्ताले गरेका थिए। कार्यकर्ताको गुनासोलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले केही समयभित्रै एकीकरण प्रक्रिया तल्लो तहसम्मै पूरा हुने आश्वासन दिए।

उनले भने, ‘संविधान कार्यान्वयन गर्नुपर्ने र करिब तीन सय ५० कानुन बनाउनुपर्ने, प्रशासनिक संरचना र वित्तीय पुनःसंरचना गर्नुपर्ने भएकाले सरकारको ध्यान त्यतातिर गएको हो।’ उनले वन मन्त्रालयले जडीबुटी विकास अभियानलगायत कार्यबाट यसै आर्थिक वर्षमा एक लाख युवालाई रोजगारी दिने गरी काम भइरहेको बताए। ‘निर्वाचनका बेला नेकपाले गरेका सबै प्रतिबद्धता पूरा हुन्छन्’, मन्त्री बस्नेतले भने।

यसैबीच, निर्वाचित संघीय सांसदमार्फत वितरण हुने गरी प्राप्त स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको बजेट वितरण कार्यकर्तामुखी भएको प्रतिपक्षको आरोप छ। चार करोड रुपैयाँमध्ये ५० लाखका दुई वटा र अन्य १८ आयोजनामा बजेट विनियोजन भएको छ। अधिकांश बजेट टुक्रे सडकमा छुट्याएको छ। ‘जिल्लाको विकासभन्दा कार्यकर्तामुखी र टुक्रे योजनामा बजेट विनियोजन गरियो’, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले भने, ‘वितरणुमखी र कार्यकर्तामुखी बजेट बाँडफाँटले जिल्लाको समृद्धि हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.