धर्नामा नयाँ शक्ति पार्टीको ऐक्यबद्धता

धर्नामा नयाँ शक्ति पार्टीको ऐक्यबद्धता

महेन्द्रनगर : अनिश्चितकालीन धर्नाको समर्थन गर्दै नयाँ शक्ति पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ। पार्टी इन्चार्ज कृष्णकुमार चौधरीको नेतृत्वमा नयाँ शक्ति कमिटीका ९२ जना सदस्य धर्नास्थल पुगेका थिए। ‘हाम्रो सुरुदेखिकै माग निर्मलाका हत्यारा पक्राउ गरी सार्वजनिक गर भन्ने हो’, पूर्वसभासद्समेत रहेका प्रदेश इन्चार्ज चौधरीले भने, ‘यो सरकारले हत्यारा सार्वजनिक गर्नुभन्दा पनि दिनहुँजसो नाटक मञ्चन गर्दै छ।’

अनुसन्धानको नाममा डीएनए परीक्षण गरेर नाटक गरिरहेको उनको आरोप छ। उनले भने, ‘ वास्तविक हत्यारा खोज्नभन्दा पनि सरकार सोझासीधालाई फसाउने खेलमा लागेको छ।’ उनले जनताले न्याय माग्न गरेको आन्दोलनलाई कम नआँक्नसमेत चेतावनी दिए। छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर आइतबारदेखि निर्मलाका बुवाआमासहित परिवार र अधिकारकर्मी अनिश्चितकालीन धर्नामा बसेका छन्। धर्नामा बसेकै कारण उनीहरूको स्वास्थ्यसमेत बिग्रिँदै जान थालेको छ।

साउन १० गते बलात्कारपछि हत्या गरिएको ४ महिना बित्न लाग्दासमेत निर्मलाका हत्यारा पक्राउ पर्न सकेका छैनन्। प्रहरी भने अनुसन्धान गहन रूपमा अघि बढिरहेको बताउँदै आएको छ। ‘अनुसन्धान छाडिएको छैन, हामी सूक्ष्म रूपमै लागेका छौं’, कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘अनुसन्धानलाई साँघुरो पार्दै लगिएको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.