पितृ उद्धारको कामना गर्दै जालपादेवीमा मनाइयो हरिबोधनी एकादशी (तस्बिर)

पितृ उद्धारको कामना गर्दै जालपादेवीमा मनाइयो हरिबोधनी एकादशी (तस्बिर)

देवीघाट, नुवाकोट : आफ्ना दिवंगत पितृ उद्धारको कामना गर्दै नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिरमा हरिबोधनी एकादशी मेला सम्पन्न भएको छ। हरिबोधनी एकादशीको अवसरमा हजारौं भक्तजनद्वारा महादीप प्रज्वलन गर्दै एकादशी मेला सोमबार सम्पन्न भएको हो। यस वर्षको एकादशी मेला भर्न नुवाकोट, रसुवा, धादिङलगायत विभिन्न स्थानबाट आएका तीर्थालुको संख्या गत वर्षको तुलनामा ७५ प्रतिशतले वृद्धि भएको छ।

एकादशी मेलाको अवसरमा नुवाकोटको विदुर नगरपालिका- ५ देवीघाटको जालपादेवी मन्दिरमा १० हजारभन्दा बढीले महादीप प्रज्वलन गर्नुका साथै आफ्ना दिवंगत पितृको मोक्षको कामना गर्दै दीप प्रज्वलन गरेको स्थानीयवासी तथा वडासदस्य सीताराम रिमालले जानकारी दिए। खेतिपातीको मौसम सकिएका कारण यस वर्ष गत वर्षको भन्दा भक्तजनको संख्या बढेको जालपादेवी मन्दिर आएको उनले बताए। 

स्थानीयावासीले आफ्नो दिवंगत पितृहरुको सम्झनामा हजारौंले जालपादेवी मन्दिरको किनारा त्रिशूली नदीमा पुगेर दीप प्रज्वलन गरेको स्थानीय अगुवा मानबहादुर डंगोलले बताए। उनका अनुसार भक्तजनले आफ्ना दिवंगत पितृको स्मरणमा महादीप प्रज्वलन गर्नुका साथै भजनकिर्तनसमेत गरेको बताए। 

तीर्थालुले जालपादेवीलगायत विभिन्न स्थानमा पितृमोक्षको कामनासहित हजारौं भक्तजनले आइतबार रातभर जाग्राम बसेर महादीप प्रज्वलन गर्नुका साथै सोमबार बिहान जालपादेवी मन्दिरमा दर्जनौं फूलको डोली तारेर सम्पन्न भएको हो।

हजारौंले महादीप प्रज्वलन गर्नुका साथै जालपादेवी मन्दिरहुँदै त्रिशूली नदीमा ३० वटा फूलको डोरी टांगिएको छ। यसवर्ष जालपादेवी टाग्नका लागि मन्दिरमा फूलको डोरी टांगिएको छ।मेलामा गत वर्षको भन्दा यस वर्ष तीर्थालुको संख्या बढेको वेलकोटगढी नपा -१० धन्सारबाट विगत ३० वर्षदेखि जालपादेवी मनिदरमा पुगेर लक्ष्यवति तथा सत्यनाराणको कथा वाचन गर्दै आएका ७९ वर्षीय पुरोहित बलराम पाण्डेले जानकारी दिए।

उनले एकादशीको अवसरमा जालपादेवीमा पुगेर स्नान, दान र पूजापाठ गरेमा पितृको मोक्ष हुने र अन्जानमा गरिएका पापबाट मुक्ति हुने विश्वासमा भक्तजनहरु आउने गरेको बताए।यस वर्ष सर्वसाधारणले जालपादेवी मन्दिरमा राति पितृ मोक्षको कामनासहित हजारौं महादीप र एक हजार दीप प्रज्वलन गरिनुका साथै बिहान मन्दिरदेखि खड्गभञ्याङ गाविस- ५ फिर्कैपको चौतारोसम्म दुईसय मिटर लामो तोरण टांगिएको छ।

जालपादेवी मन्दिरमा आफ्ना दिवंगतको पिताको स्मरणमा महादीप प्रज्वलन गरिएको ककनी गापा- ६ का वृद्ध योगराम पाठकले बताए।उनले आफ्ना पितृको बैकुण्ठबासको लागि जाग्राम बसेर धार्मिक कार्य गरिएको बताए। एकादशी मेलामा पुगेका विदुर नपा-१२ का ऋषिप्रसाद कोइरालाले आफ्ना पितृको उज्यालोका लागि महादीप बालिएको बताए।

कार्तिक शुक्ल दशमीको राति आफ्ना दिवंगत पितृको मुक्तिका लागि हजारौं भक्तजनले जालपादेवी मन्दिरमा आएर रातभर जाग्राम बसेर दीप प्रज्वलन गर्दै आएका छन्।जालपादेवी मन्दिर तथा त्रिवेणीमा गत वर्षमाझैं जिल्लाको विभिन्न स्थानबाट फूलको डोली, छत्रसहित पूजाआजा गरी जालपा मन्दिरबाट त्रिशूली नदी नघ्याएर खड्गभञ्याङमासम्म दर्जनौ तोरण टांग्ने प्रचलन रहेको छ।

आफ्ना दिवंगत पितृको मोक्षको प्रार्थना गरी जीवनभरी गरेका पापलाई तार्ने जनाउँदै जालपादेवी मन्दिर र खडगभञ्याङको फिर्केप बीचमा रहेको त्रिशूली नदीमाथि जालपादेवी मन्दिरबाट दजैनौं फूलको डोली तार्न हेर्नेको बाक्लो उपस्थिति थियो। 

वर्षभरी पर्ने २४ एकादशमीमध्ये कार्तिक शुक्ल एकादशी सबैभन्दा ठूलो एकादशी भएको कारण आफ्ना दिवंगत पितृको उद्धारका लागि जालपादेवीमा आएर सर्वसाधारणले महादीप प्रज्वलन गर्ने परम्परा अनुसार सर्वसाधारण जालपादेवी मन्दिर दर्शनका लागि पुग्ने गरेका हुन्।

ठूलो एकादशीको अवसरमा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा पनि विशेष मेला सम्पन्न भएको छ। साथै तारुकाको तारकेश्वर, गेर्खुको वेत्रावति, सुन्दरादेवी, गणेशस्थान, थानसिङ, राउवेशीलगायतका स्थानमा एकादशीको विशेष मेला सम्पन्न भएको छ।

एकादशीका अवसरमा दुई दिनसम्म ब्रत बसेर तुलसीको पूजा गरेर द्वादशी अर्थात मंगलबार पूजापाठ गरेर ब्रत पूर्ण हुने परम्परा छ। मेलामा सहभागी हुन विभिन्न स्थानबाट भक्तजन फूलको डोली, छत्र, तथा मादी लिएर देवीघाटमा जम्मा भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.