७ सय ६० बालक्लब, सयबढी संस्था, सडकबालक समस्या उस्तै

७ सय ६० बालक्लब, सयबढी संस्था, सडकबालक समस्या उस्तै

बनेपा : काभ्रेमा बालश्रम र सडकबालकको अवस्था सम्बन्धित निकायले चासो नदेखाउँदा झनै नाजुक बन्दै गएको छ ।

ठूलादेखि साना होटल, मोटरसाइकल वर्कशप, कारखाना लगायत कम्पनीमा खुलेआम हुँदै आएको बालश्रम रोकिएको छैन । बनेपा, पनौती, धुलिखेललगायत सहरी क्षेत्रमा यस्तो समस्या बढ्न थालेको हो । जिल्ला बालकल्याण समितिको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाका विभिन्न स्थानमा एक सय भन्दा बढी बालश्रमिक तथा सडक बालबालिका छन् ।

बालकल्याणका अध्यक्ष रामकुमार मुल्मी भन्छन्, ‘बालश्रमलाई नियन्त्रण गर्नु भन्दा पनि तिनिहरुको पूर्नस्थापना चुनौतीपूर्ण छ ।’ जिल्लामा १३ वटा स्थानीय तहमध्ये तीन वटामा सडक बालबालिका र बालश्रम गर्ने बालबालिकाको संख्या बढी छ । अन्य दशवटा स्थानीय तहमा भने सडकबालक तथा बालश्रमिकको अवस्थाबारे सम्बन्धित निकाय पनि जानकार छैनन् ।

७ सय बढी बालक्लब, पहल निरर्थक
जिल्लामा बालबालिका सम्बन्धी काम गर्ने गैरसरकारी संस्था मात्रै १ सय भन्दा बढी छन्् । बाल सञ्जाल ४८, बालगृह ८ र ७ सय ६० वटा त बालक्लब नै छन् ।बालश्रमलाई नियन्त्रण गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला बाल कल्याण समिति, बाल अधिकार रक्षक शाखा र एक दर्जन भन्दा बढी सरकारी र गैरसरकारी संस्थाहरु छन् । तर उनीहरुको पहल निरर्थक देखिँदै गएको छ ।

उनीहरुको प्रयास ‘बालुवामा पानी’ भएको सरोकारवालाले बताउन थालेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले बालश्रम र सडक बालबालिका नियन्त्रण गर्न भन्दै करौडौं रुपैयाँ खर्चे पनि उनीहरुको लगानी निरर्थक भएको हो ।

सम्वन्धित निकायको उदासिनता र गैरसरकारी संस्थाको लापरवाहीले पछिल्लो समय सडक बालबालिका र बालश्रमिक बढ्दै गएको सरोकारवालाहरुले बताउँदै आएका छन् ।

पछिल्लो समय बालश्रम र सडक बालबालिकाको संख्या बढ्दै गएको काभ्रेका मानव अधिकारकर्मी भोजराज तिमल्सिना बताउँछन् । उनी भन्छन्, ‘सडक बालबालिका थोरै भए पनि उनीहरुको अवस्था नाजुक छ । र यो बढ्ने क्रममा छ, यतिसम्म कि, सठक बालक भन्दा यसबारे काम गर्ने संस्था धेरै गुणा बढी छ । तै पनि यो समस्या उस्तै छ ।’

प्रहरीका अनुसार सडक बालबालिको अवस्था असाध्यै नाजुक बन्दै गएको छ । उनीहरु दैनिक रुपमा बाच्नकै लागि संघर्ष गरिरहेका छन् । सडकमा फालेका खाना खाने, कुलतमा फस्ने र चोरी तथा आपराधिक क्रियाकलापमा समेत प्रयोग हुने गरेको प्रहरीको भनाइ छ ।

बालबालिकालाई शारिरिक र मानसिक असर पर्ने गरी दबावमा कुनै पनि काम लगाउनु नपाईने व्यवस्था संविधान उल्लेख भए पनि काभ्रेका सहरी क्षेत्रमा बालश्रम पनि बढ्दै गएको छ ।

तस्बिर : श्रीराम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.