गोलीकाण्डमा निर्दोष कार्यकर्तालाई फसाएको भन्दै प्रदर्शन

गोलीकाण्डमा निर्दोष कार्यकर्तालाई फसाएको भन्दै प्रदर्शन

मलंगवा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका नेताहरुले रामनगर गाउँपालिका–४ बहुअर्बामा भएको गोली काण्डमा आफ्नो पार्टीको निर्दोष कार्यकर्तालाई फसाएको भन्दै सोमबार सदरमुकाम मलंगवामा बिरोध प्रदर्शन गरेका छन् ।

हजारौंको संख्यामा आएका नेता तथा कार्यकर्ताहरुले निर्दोष उपरको झुठा मुद्दा हटाउनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गरेका हुन् ।

नगर परिक्रमा गरी जिल्ला विकास चोकमा सोमबार सदरमुकाम मलङ्गवास्थित जिविस मैदानमा आयोजित सभालाई सम्वोधन गर्दै नेकपाका नेताहरु शिवपुजन राय, रामेश्वर राय, राजनारायण साह, अच्यूतम काफ्ले, नेतृ अनिता देवी लगायतले वास्तविक हत्यारालाई पत्ता लगाइ कारवाही गर्न दबाव दिएका हुन् ।

उनीहरुले आफ्नो निर्दोष कार्यकर्ता उपर लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, कार्यकर्ताको घरमा भएको लुटपाटको क्षतिपुर्ति दिनुपर्ने, उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राखेका छन् ।

गत कात्तिक १३ गते जिल्लाको दक्षिण पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिका–४, बहुअर्वा गाउँमा कांगे्रस र नेकपाका कार्यकर्ताबीच दोहोर झडप हुँदा एकजनाको मृत्यु हुनुका साथै केही मानिस घाइते र दर्जन बढी घरमा तोडफोड भएको थियो ।

प्रदर्शनको क्रममा नेकपाका नेता कमल बुढाथोकीले गोलीकाण्डलाई राजनीतिक रुप दिएर आफ्नो पार्टीको एक दर्जन निर्दोष कार्याकर्ताको घरमा लुटपाट गरिएको आरोप लगाएका छन् ।

झडपमा आफ्ना कार्यकर्ता रामविलास महतो मारिएको विरोधमा आन्दोलित भएको कांग्रेस सर्लाहीले मृतकको परिवारलाई सरकारले दश लाख रुपयाँ राहत रकम उपलब्ध गराएपछि आन्दोलन फिर्ता लिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.