निर्मलापछि विजयका हत्यारा प्रहरीले उम्काउन खोज्यो ? सडकमा आफन्त

निर्मलापछि विजयका हत्यारा प्रहरीले उम्काउन खोज्यो ? सडकमा आफन्त

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भएको युवक हत्याका दोषीलाई कारवाही माग गर्दै आफन्तहरुले सोमबार धनगढीमा प्रदर्शन गरेका छन् । कात्तिक ३० गते राति ९ बजेतिर धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीमा २७ वर्षीय युवक विजय थापाको हत्या भएको थियो । 

पीडित परिवारले दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको भन्दै सोमबार धनगढी ट्राफिक चौराहदेखि जिल्ला प्रशासन कार्यालय कैलालीसम्म नाराबाजीसहित प्रर्दशन भएको हो । 
उनीहरुले ‘हत्यारा सार्वजनिक गर, पीडितलाई न्याय दे, सुरक्षाको ग्यारेन्टी गर’ सहितका नारा लगाउँदै प्रर्दशन गरेका हुन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा धनगढी उपमहानगर–४ निवासी आशीष सेठीलाई पक्राउ गरिसकेको छ ।

पीडित परिवारले हत्यारालाई उन्मुक्ति दिने चलखेल सुरु भएको भन्दै विजय थापा न्यायिक संघर्ष समितिसमेत गठन गरेर आन्दोलन थालेका हुन् । समितिले मंगलबारदेखि कैलाली बन्दको घोषणा गरेको छ । 

तीन दिन हुँदा पनि पीडित परिवारले शव बुझन मानेका छैनन् । थापाको शव पोष्टमार्टम गरेर सेती अञ्चल अस्पतालको शवगृहमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा मष्तिस्कमा चोट लागेकाले थापाको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

पीडित परिवाले सेठीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । तर उनीहरुले प्रहरी अपराधीलाई बचाउने खेलमा लागेको आरोप लगाउँदै प्रदर्शन गरिएको विजय थापा न्यायिक संघर्ष समितिका संयोजक प्रेम साउदले बताए । 

उनले प्रहरीले तीन दिन भइसक्दासमेत पक्राउ परेका युवकलाई हत्यामा संलग्न भएको भनेर सार्वजनिक नगरेको आरोपसमेत लगाए । प्रहरी हिरासतमै रहेका सेठीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । अनुसन्धानका लागि जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक हरि ओलीले बताए ।

प्रहरीसँगको बयानमा अभियुक्तले होटल कलशको छतबाट खसेर मृत्यु भएको बताएपछि प्रहरीले दोषीलाई उम्काउन खोजेको आरोप आफन्तहरुले लगाउँदै आएका छन । यद्यपि प्रहरीले कतव्र्य ज्यानको मुद्दा दर्ता गरिएको जनाएको छ ।

‘हत्यामा संलग्नलाई पक्राउ गरि कर्तव्य ज्यानमा मुद्दा चलाई अदालतमा म्याद थप गरिएको छ’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले भने, ‘आन्दोलन गर्नका कुनै औचित्य छैन ।’ 

घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताउँदै उनले हत्याराले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताए । प्रहरीकै अनुसार मृतक थापा र अभियुक्त सेठी लागूऔषधका प्रयोगकर्ता तथा कारोबारी पनि हुन् । उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत परेको प्रहरीको रेकर्डमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.