सटर भाडावृद्धिको विरोधमा पसल बन्द

सटर भाडावृद्धिको विरोधमा पसल बन्द

मलंगवा : सटरका भाडा बढाइएपछि सर्लाहीको लालबन्दी बजारका व्यवसायी आन्दोलित भएका छन्। यसको विरोधमा उनीहरूले आआफ्नो पसल बन्द गरेका छन्।

जनज्योति माविमातहत रहेको भित्री बजारमा ४ सय सटर छन्। बजार सञ्चालन तथा व्यवस्थापन समितिले एक साताअघि सटरको भाडा बढाएको थियो। व्यापारीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन समूहमा राखिएको छ। यहीअनुसार क्रमशः १ हजार ५ सय, २ हजार र २ हजार ५ सय भाडादर कायम गरिएको समितिले जनाएको छ। व्यापारीले यसअघि ४ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म भाडा तिर्दै आएका थिए।

व्यापारीको सहमतिबिना नयाँ भाडादर तय गरिएकाले तत्काल फिर्ता लिनुपर्ने उनीहरूको अडान छ। ‘सहमतिमा थोरै–थोरै गरेर भाडा बढाएको भए मर्का हुँदैनथ्यो’, व्यापारी भीम सार्कीले भने, ‘तर, एक्कासि बढाउँदा हामीलाई मार पर्छ।’ भाडा पहिलेकै अवस्थामा नल्यासम्म सटर नखोल्ने उनले बताए।

समितिका पदाधिकारीले भने उद्योग वाणिज्य संघसहित नगरपालिकाका प्रमुख, वडाध्यक्ष, दलीय प्रतिनिधि, नागरिक समाजलगायत सरोकारवालाको उपस्थितिमा नयाँ भाडादर कायम गरिएको जनाएका छन्। ‘२०६९ देखि भाडा बढेकै थिएन’, समितिका अध्यक्ष इन्द्र योञ्जनले भने, ‘त्यसैले समय र महँगीअनुसार भाडा बढाएका हौं।’ विद्यालयलाई घाटामा लाने र आफू भने न्यून भाडा तिरेर मुनाफा आर्जन गर्ने सोच व्यापारीमा देखिएको उनको भनाइ छ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष नवराज मि श्रले व्यापारीसँग छलफल गरी भाडा संयोजन गर्नुपर्छ भनेर आफूले सहमति जनाएको बताए। ‘हामी अलिक दबाबमा परेर यो निर्णयमा पुग्यौं’, उनले भने, ‘व्यापारीलाई मार नपर्ने गरी भाडा समायोजन गरिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.