म्याग्दीमा बेलायती वृद्धाले बनाइन् विद्यालय

म्याग्दीमा बेलायती वृद्धाले बनाइन् विद्यालय

दाना (म्याग्दी) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित ज्ञानप्रकाश माविका विद्यार्थी जीर्ण भवनमा बसेर पढ्नुपर्ने समस्याबाट मुक्त भएका छन्। तीन वर्षअघि भूकम्पले जीर्ण बनेको भवन एक जना बेलायती नागरिकले आफ्ना दिवंगत श्रीमान्को स्मृतिमा पुनर्निर्माण गरिदिएपछि विद्यार्थी र शिक्षक सुरक्षित वातावरणमा पठनपाठन गर्न गराउन पाएका हुन्। ९० वर्षीया बेलायती नागरिक काटलिन क्रोकिल स्पिनरले दिवंगत श्रीमान जोहोनको स्मृतिमा पहार ट्रस नेपालमार्फत् भवन निर्माण गरेकी हुन्।

स्पिनरले संस्थामार्फत् उलब्ध गराएको ७२ लाख ११ हजार २ सय १७ रुपैयाँ र विद्यालयको २५ लाख १० हजार ८७ रुपैयाँको लागतमा दुई तले आठ कोठे भवन निर्माण भएको संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए। २०७४ मंसिर ४ गते शिलान्यास गरिएको भवन पहार ट्रसका प्रतिनिधि हवार्ड ग्रेई एमबीई र उनकी श्रीमती सेनी ग्रेईले शनिबार विद्यालयलाई हस्तान्तरण गरेका हुन्। ‘९० वर्षीया स्पिनरले नेपालको दुर्गम र विकट गाउँमा श्रीमानको स्मृतिमा भवन बनाउने योजनाअनुसार ज्ञानप्रकाश माविलाई सहयोग गरिएको हो’, गुरुङले भने।

बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापना भएको पहार ट्रसमार्फत् नेपालका २६ वटा जिल्लामा २ सय ३६ वटा कक्षा कोठा, पुस्तकालय, छात्रावास भवन निर्माण भएको छ। स्पिनरको सहयोग भिœयाउन बेलायतमा बसोबास गर्ने दानाका प्रवासी आवद्ध फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेमार्फत् पहल भएको थियो। २०७२ सालको भूकम्पले विद्यालयको पुरानो भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो। ‘पानी चुहिने भएकाले कापी, किताबसँगै हामी पनि भिज्थ्यौ। कतिबेला छानो खसेर, पर्खाल भत्किएर पुर्छ भन्ने त्रास हुन्थ्यो’, कक्षा ९ का सचिन विश्वकर्माले भने, ‘अब ढुक्कसँग बसेर पढ्न पाइने भो।’

भवन निर्माण भएपछि १ देखि १२ कक्षासम्म दिवा कक्षा सञ्चालन गर्न थालिएको छ। प्रधानाध्यापक शान्तबहादुर नेपालीका अनुसार यसअघि कक्षा कोठा अभावमा कक्षा ११ र १२ लाई बिहानी सत्रमा पढाउने गरिएको थियो।

कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुने यस विद्यालयको शैक्षिक तथा भौतिक विकासमा यसअघि पनि प्रवासीको सहयोग भित्रिएको छ।

दाना घर भई हाल बेलायत बसोबास गर्नेहरूको साझा संस्था फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेले दुई वर्षअघि ‘शिक्षा विकास अध्यक्षकोष’मा एक करोड १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो। प्रवासमा रहेका पूर्वविद्यार्थीको सक्रियता र सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुगेको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताए। यस वद्यालयमा ३ सय ५८ जना विद्यार्थी छन्। यसअघि सरकारी निकाय र समुदायको सहयोगमा आठ कोठे, सात कोठे दुई वटा भवन र नौ कोठे छात्रावास भवन निर्माण भएको थियो। प्रवासीको सहयोगमा खेलमैदान र प्रवेशद्वार पनि निर्माण गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.