जिल्ला न्यायधिवक्ता ८० हजार घुससहित पक्राउ
बुटवल : जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग आयोग बुटवलको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो ।
मुद्धा मिलाइदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरेको अख्यितार जनाएको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले निरौलालाई पक्राउ गरिएको पुष्टि गरे। उनीमाथि थप अनुसन्धान भइरहेको छ।