कम्युनिस्टका कारण संघीयता खतरामा : नेता निधि

कम्युनिस्टका कारण संघीयता खतरामा : नेता निधि

धनगढी : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले कांग्रेसमा भएको विवादले मुलुकमा लोकतन्त्र कमजोर हुन्छ र साम्मेवादी शासन ल्याउन खोज्छन् भने, त्यो सपना मात्र हुने बताएका छन्।

'नेपाली कांग्रेसभित्र विवादित छ, गुटबन्दी छ, लोकतन्त्र कमजोर भएर साम्मेवादी शासन आउँछ भनेर कसैले सोच्छ भने त्यो पूरा हुने छैन्', मंगलबार धनगढीमा प्रेस युनियान कैलालीले गरेको पत्रकार सम्मेलनमा उनले भने, 'छलफलबाट नै कांग्रेसमा भएको विवाद समाधान हुन्छ।' उनले लोकतान्त्रिक पार्टीभित्र विवाद सामान्य भएको बताए। 

अर्को प्रसंगमा नेता निधिले अहिलेको सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाए। प्रदेशदेखि केन्द्रसम्म कम्युनिष्टको सरकार हुँदा पनि सामान्य अवस्थामा हुनुपर्ने काम पनि गर्न नसकेको जिकिर छ।

उनले कम्युनिस्ट सरकारका कारण संविधान र संघीयता खतरामा पर्ने सम्भावना रहेको आरोप छ। उनले संघीयतालाई केन्द्र सरकारले अझैं स्वीकार नगरेकाले समस्या भइरहेको बताए। 'प्रदेशको आफ्नो प्रहरी, आफ्नो कर्मचारी हुनुपर्छ, केन्द्रले यहाँको प्रहरी प्रशासन चलाउने होइन्', उपसभापति निधिले भने, 'संघीय सिद्धान्तअनुसार हरेक प्रदेशको आफ्नो प्रहरी, आफ्नो कर्मचारी र आफ्नो अदालत हुनुपर्दछ।'

उनले प्रदेशलाई अधिकार दिन केन्द्र पनि तयार नभएको र केन्द्रसँग अधिकार माग्न प्रदेश पनि तयार नरहेको धारणा व्यक्त गरे। देशमा तीनै तहको निर्वाचन सम्पन्न भई सरकार बने पनि संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा स्थानीय तह र प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्ने बेला आएको उनको टिप्पणी छ।उनी पार्टीको सुदूरपश्चिम स्तरीय भेलामा सहभागी हुन धनगढी पुगेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.