प्रधानमन्त्रीलाई नै चित्त बुझेन विकासको गति

प्रधानमन्त्रीलाई नै चित्त बुझेन विकासको गति

काठमाडौं : सरकारका कामप्रति प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् असन्तुष्ट देखिएका छन्।  मंगलबार सिंहदरबारमा नीति अनुसन्धान प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली असन्तुष्ट देखिएका हुन्।

मन्त्रालयका सचिव र केही मन्त्री उपस्थित बैठकमा ओलीले सरकारले नौ महिनामा सोचे जस्तो विकास गर्न नसकेकोप्रति असन्तुष्टि जनाए।  विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको उनको भनाइ छ।  

‘विकासलाई बाधा पुर्‍याउने नीतिहरु कहाँकहाँ छन् तिनलाई सच्याउनु पर्छ’,ओलीले भने, ‘सरकारले कमखर्च बढी प्रतिफलदिने नीति लिएको छ ।’ 

ओलीले सरकारको ध्येय सुशासन र विकास भएको दोहोर्याए।  उनले प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयसँग समन्वय गरेर राष्ट्रिय नीति निर्माण गर्न आग्रह गरे ।

सँगै ओलीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमुलक र तथ्य ढंगले जानकारी ल्याउने उद्देश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पारे।  

‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप हुँदैन’,  प्रधानमन्त्री ओलीले भने, ‘आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।’

बैठकमा प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले प्रतिष्ठानको उद्देश्य र भावी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरे ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.