राजपाको संयोजक बने राजेन्द्र महतो

राजपाको संयोजक बने राजेन्द्र महतो

काठमाडौं : राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी (राजपा)को संयोजक  बनेका छन्।  मंगलबार बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टी संयोजकको जिम्मेवारी महतोलाई दिने निर्णय गरेको हो।  

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको अध्यक्षतामा बसेको बैठकले महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टी गठनदेखि अध्यक्ष मण्डलको संयोजक पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको भन्दै ठाकुरप्रति आभार प्रकट गर्दै महतोलाई जिम्मेवारी दिइएको हो।

‘२०७५ मंसिर ५ गतेदेखि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पार्टी विधान अनुसार संयोजक पदको दायित्व दिने निर्णय गरेका छौँ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।  

त्यसैगरी बैठकले ६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि पार्टी संगठनमा भएका सबै प्रकारका नियुक्ति र मनोनयन रद्ध गर्ने निर्णय गरेको  छ । 

पार्टी महाधिवेशनलाई लक्षित गर्दै राजापाले साधारण तथा सक्रिय सदस्य वितरण अभियानको निर्धारित मितिलाई मंसिर मसान्तसम्मको लागि थप गर्ने निर्णय गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.