छिट्टै परिणाम दिन्छौँ : ऊर्जामन्त्री पुन

छिट्टै परिणाम दिन्छौँ : ऊर्जामन्त्री पुन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धि भएको बताएका छन्।  स्क्यापको २८ औं वार्षिक उत्सव कार्यक्रममा मंगलबार बोल्दै मन्त्री पुनले अबको गन्तव्य नै विकास भएको दोहोर्याए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताए।

‘प्रधानमन्त्रीज्यूले दीर्घकालीन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सही होइन, हामीले यो बीचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौँ, छिट्टै देखिने गरी अरु काम हुन्छ ।’ कार्यक्रममा बोल्दै मन्त्री पुनले भने।  

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले आफूहरु राज्यको शासन गर्ने तरिका नै बदल्ने गरी काम गरिरहेको दाबी गरे।

‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न।  हामी सबैले विगतजस्तो अस्थिर सरकार हो’, मन्त्री पुनले भने, ‘काम नगरे पनि हुन्छ भन्ने नसोचौँ, यो सरकार स्थायी सरकार हो। हामीले मुलुकका लागी आ–आफ्नो ठाउँबाट योगदान दिनैपर्छ।’ 

मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग बसाल्न नसकेको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दाबी गरे।

मन्त्री पुनले ८ मेगावाट दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको भन्दै त्यसबाट उत्पादन हुने बिजुली भारत र बंगलादेशलाई बेच्ने जानकारीसमेत दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.