प्रहरी भन्दै रकम असुल्ने पक्राउ
राजविराज : आफू प्रहरी भएको भन्दै रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज-७ खर्सालका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव छन्।
सप्तरीका एसपी राजेन्द्र विष्टका अनुसार बोदे बर्साइन-९ स्वर्णपट्टीस्थित नेपाल-भारत सिमानामा यादवले यात्रुसँग रकम असुली गर्थे।
सर्वसाधारणलाई हैरान पारेको सूचना पाएपछि सोधपुछ गर्न प्रहरी चौकी देउरीको टोली खटिएको थियो। अभियुक्तले आफू प्रहरी भएको भनी धम्क्याएका थिए। उनले निर्वाचनका बेला म्यादी प्रहरी भई काम गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
५